Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कर्मचारीका छोराछोरीलाई चिकित्सा शिक्षामा आरक्षण दिन संसदीय समितिको निर्देशन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १३, २०७८ मा प्रकाशित

काठमाडौ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई चिकित्सा शिक्षा अध्ययनमा आरक्षण दिन निर्देशन दिएको छ ।

मंगलबार बसेको समिति बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीलाई समेत विद्यमान ऐन, नियमावली संशोधन गरेर भए पनि आरक्षण दिन निर्देशन दिएको हो । ‘चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीहरू र स्थाीनयवासीको आरक्षणका सम्बन्धमा चिकित्सा शिक्षा आयोगले सम्माननीय प्रधानमन्त्रीज्यूसँग सल्लाह गरी चिकित्सा शिक्षा ऐन तथा नियमावलीमा सम्भव भएसम्म संशोधन गरी आरक्षणको व्यवस्था गर्नू,’ समितिले चिकित्सा शिक्षा आयोगलाई भनेको छ ।

ऐन र कानुनले मिल्नेसम्मको अवस्था हेरेर आरक्षण दिइनुपर्ने समिति सभापति जयपुरी घर्तीको भनाइ छ । ‘कानुनले नै मिल्दैन भने अगाडि बढ्ने कुरा हुँदैन । तर, सम्भव भएसम्म आरक्षण दिइनुपर्छ,’ उनले भनिन् ।

सांसद योगेश भट्टराईले चिकित्सा शिक्षामा काम गर्ने कर्मचारीहरू आर्थिक हिसाबले सम्पन्न हुने भन्दै उनीहरूलाई आरक्षण दिँदा सम्पन्न मानिसमै आरक्षण जाने बताए । ‘आरक्षणले खुला प्रतिस्पर्धाको कोटालाई घटाइदिरहेको छ । खुला प्रतिस्पर्धाबाट नाम निकाल्न योग्य मान्छेहरू पनि पछाडि परिरहेका छन् । आरक्षणका माध्यमबाट त्योभन्दा कम गुणस्तरका पनि आइरहेका छन् । यसलाई म नकारात्मक रूपमा लिन्नँ । तर, सामान्यतया चिकित्सा शिक्षामा काम गर्ने शिक्षकहरू सम्पन्न नै हुन्छन् । यसले गर्दा धेरै आरक्षण सम्पन्नहरूमै जान्छ,’ उनले भने । कांग्रेस सांसद मानबहादुर विश्वकर्माले आरक्षण दिइनुपर्ने तर्क राखेका थिए । ‘यो आरक्षण जसरी भए पनि नियमित गर्नैपर्छ ।

हाम्रो समिति पनि यसमा ‘कमिटेड’ छ । यसलाई कसरी नियमित गर्न सकिन्छ भन्नेबारे चिकित्सा शिक्षा आयोग र मन्त्रालय लाग्नुपर्छ । केहीगरी अहिले गर्न मिल्दैन भने ऐन नै संशोधन गर्नुपर्छ भने त्यसका लागि पनि सिफारिस गर्नुपर्छ,’ उनले भने । सांसद खगराज अधिकारीले मणिपाल कलेजको उदाहरण दिँदै त्यहाँ कर्मचारी र स्थानीयले आरक्षण नै नपाएको बताए । ‘कलेजमा कार्यरत कर्मचारीका छोराछोरीलाई दिइने आरक्षणका सन्दर्भमा मणिपाल कलेजमा अहिलेसम्म एउटा पनि आरक्षण पाएनन् । आरक्षण दिने भन्ने कुरा किन कार्यान्वयन भएन ?’ उनले भने । बैठकमा एमालेका अन्य सांसदहरूले पनि चिकित्सा शिक्षामा कर्मचारीका छोराछोरीलाई दिइने आरक्षणको विरोध गरेका थिए ।

सांसद नवीना लामाले चिकित्सा शिक्षामा पाइने आरक्षणको सम्बन्धमा कर्मचारी र नेताले मात्रै जानकारी राख्ने र उनीहरूको छोराछोरीले मात्रै फाइदा लिइरहेको बताइन् । उनले आरक्षण राख्न नहुने धारणा राखेकी थिइन् । उनको भनाइ थियो, ‘कर्मचारीका छोराछोरीका लागि आरक्षण गर्नु हुँदैन । स्कलरसिपको कुरा अरूलाई थाहा हुँदैन, कर्मचारीलाई थाहा हुन्छ ।’

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved