मान्छेलाई र किताबको गातालाइ हेरेर कहिल्यै जज नगर्नु

✍️ राज मगर मान्छेको अनुहार होइन — उसको सोच हेर्नु। कपडाको रंग होइन — उसको मन बुझ्न सक्नुपर्छ। किताबको गाता चम्किलो भए पनि, भित्रका अक्षर फिक्का हुन सक्छन्। कसैले हाँसेर लुकाउँछ पीडा, कसैले मौन भएर बाँच्छ सत्य। दुई नजरले देखेको कुरा सधैं एउटै हुँदैन, किनभने दृष्टिकोण पनि आत्माको आकारमा हुन्छ। मान्छेलाई उसको हृदयबाट मूल्याङ्कन गर, […]
इलामकी प्रतिभाशाली छोरी भावना खापाङ्गी मगरलाई हार्दिक बधाई

इलामकी प्रतिभाशाली छोरी भावना खापाङ्गी मगरलाई हार्दिक बधाई इलाम । इलामकी प्रतिभाशाली युवती भावना खापाङ्गी मगरले Acting Star Season 1 मा फर्स्ट रनर अप बन्न सफल भएकी छिन्। अभिनय क्षेत्रको नयाँ प्रतिभा खोज्ने उद्देश्यले आयोजना गरिएको यो प्रतिस्पर्धामा उनले देखाएको अद्भुत अभिनय, आत्मविश्वास र लगनशीलताले सबैको मन जित्न सफल भएको छ। उनको यो उपलब्धिले केवल […]
युवा कवि सिजन श्रेष्ठकाे कवितासङ्ग्रह “हावामा अल्झिएकाे स्वर” लाेकार्पण

मोरङ : युवा कवि सिजन श्रेष्ठको कवितासङ्ग्रह “हावामा अल्झिएको स्वर” को लोकार्पण गरिएको छ। मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा सुन्दरहरैँचाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त कृतिको लोकार्पण गर्नुभयो। ५३ वटा कविता समावेश गरिएको यस सङ्ग्रहका बारेमा डा. दीपकप्रसाद न्यौपाने र डा. अस्मिता विष्टले समीक्षा गर्नुभयो। समीक्षकहरूले यस कृतिमा समावेश कविताहरू उत्कृष्ट रहेको […]
(किरात लोककथा) हेछाकुप्पा ।

प्रस्तुति-सरण राई टुहुरो हेछाकुप्पालाई दिदीहरू तायामा र खियामाले हुर्काउन थाले । आमा बाबु नभएको उनीहरूलाई देखेर चाक्लुङ्धिमा राक्षसनीले उनीहरूको खेतबारी र भकारीको सबै अन्न भण्डार खाएर सकिदिई । उनीहरू भोकभोकै रहन थाले । जङ्गलबाट खोक्ली साक्की र गिठ्ठा भ्याकुर ल्याएर खुवाई भाईलाई तायामा र खियामाले हुर्काइ रहेका थिए । त्यो थाहा पाएर चाक्लुङ्धिमाले खोक्ली साक्कीलाई […]
साहित्यका माध्यमबाट राष्ट्रिय एकता प्रवर्द्धन : पूर्वराष्ट्रपति भण्डारी

साहित्यका माध्यमबाट राष्ट्रिय एकता प्रवर्द्धन : पूर्वराष्ट्रपति भण्डारी काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पुर्याएको विशिष्ट योगदानको स्मरण गरेकी छन् । आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा आज पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत सो कुराको स्मरण गरेकी हुन् । भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको वाल्मिकी […]
फिक्कलमा मनाइयो २११ओैं भानु जयन्ती

नेपाली साहित्यका आदिकवि भनेर चिनिने भानुभक्त आचार्यको २११ओैं जन्म जयन्ती तथा १०८ स्वामी सोमेश्वरानन्दको १९७ओैं जन्म जयन्ती आज सूर्योदय नगरपालिका को फिक्कलमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । सूर्योदय सामाजिक प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा सूर्योदय नगरपालिका भित्रका ४ वटा विद्यालय का ८ जना बालबालिकाले भानुरचित रामायणका श्लोक वाचन गरेका थिए। प्रतिस्पर्धात्मक […]
जरुवा शीर्षक

सबै कहाँ अट्छन् र शब्दमा तिम्रा यादका जरुवाहरु एकातिर समेटे अर्कोतिर बाट चुहिएर बगिदिन्छन् जसरी चुहिन्छ उभाएको जल अंन्जुलीबाट । मुठ्ठीको अक्षता जस्ता ती झझल्कोहरु मनको नाङलोमा समेट्न कोशिस गरेकै छु तर जति टिप्न खोज्छु तेति नै छरिईरहन्छन नियती बनेर । तिम्रा ति यादहरुलाई अक्षरमा समेट्ने प्रयास पनि पहाड संग लुकामारी खेल्ने कुहिरो जस्तै बनिदिन्छ […]
वर्षा शिवकोटी, सुरवीर पण्डित अभिनित “मदहोश बने” गीत सार्वजनिक(भिडियोसहित)

काठमाडौ । अमेरिकामा बसेर नेपाली साहित्य र संगितमा निरन्तर सक्रिय रहेका गायक लेखक काफ्लेको नयाँ गीत “मदहोस बने” सार्वजनिक भएको छ । काफ्लेकै अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा शब्द गायक स्वयमको र संगीत तथा संकलन किरण भुसालको रहेको छ । साथै मिक्सिङ तथा मास्टरिङ भने फिल स्टुडियोका अशोक महर्जनले गर्नुभएको छ । दोलखाको रमणीय […]
मदन पुरस्कार विजेता साहित्यकार जोशीको नयाँ कृति ‘बाआमा’ विमोचन

काठमाडाैं, भदाै १७ । मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको नयाँ कृति बाआमा विमोचन भएको छ । शुक्रबार प्रज्ञाप्रतिष्ठानको डबलीमा कांग्रेसका महामन्त्री गगन थापा, नायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे लगायतले संयुक्त रुपमा उक्त कृति लोकार्पण गरेका हुन्। उक्त कृतिलाई बुकहिलले प्रकाशक गरेको हो । कृति विमोचन गर्दै कांग्रेस महामन्त्री थापाले बाआमा भित्र आफ्नै कथा […]
हार – जित

म जलेँ तिम्रो मायाले म हारेँ तिम्रो जितले । हजारौंको आँसु झार्छ रे हाम्रो त्यो प्रेम गीतले । बीस दिएकी रहिछ्यौ तिमीले मैले अमृत पो ठानी पिएँ । झुटो माया गरेकी रहिछ्यौं मैले भने चोखो माया लाएथें । मैले साँचो कुरा बोल्दा मैले बोल्न जानिनँ रे । इमान्दारीको ठाउँ छैन यहाँ मलाई शिक्षित जस्तो लागेन […]

