फाकफोकथुम–३ आम्चोकमा राष्ट्रिय परिचयपत्र वितरण सुरु, सामाजिक सुरक्षा भत्ता लिन पनि आग्रह

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–३, आम्चोकमा सर्वसाधारणको चासोको विषय बनेको राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु गरिएको छ। गाउँपालिकाकी उपाध्यक्ष कल्पना राईको हस्तबाहुलीबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको उद्घाटन गरिएको हो। राष्ट्रिय परिचयपत्र वितरणका लागि आवश्यक समन्वय र सहजीकरणमा भूमिका निर्वाह गर्ने गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल, गाउँपालिकामा उपस्थित कर्मचारी तथा सम्बन्धित सबैप्रति धन्यवाद व्यक्त गरिएको छ। वितरण […]

मकवानपुरमा व्यावसायिक कुखुरापालन विस्तार, दैनिक साढे चार लाखसम्म अण्डा उत्पादन

मकवानपुर। मकवानपुर जिल्लामा व्यावसायिक कुखुरापालन व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ। करिब तीन दशकअघि सुरु भएको यो व्यवसाय अहिले जिल्लाको कृषि तथा पशुपालन क्षेत्रको महत्वपूर्ण हिस्साका रूपमा विस्तार हुँदै गएको छ। मकवानपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष गोविन्द सापकोटाका अनुसार जिल्लामा आर्थिक वर्ष २०५२/५३ तिर कमाने क्षेत्रबाट व्यावसायिक कुखुरापालनको सुरुआत भएको थियो। त्यसयता क्रमशः यो व्यवसाय […]

प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी

काठमाडौं, भदौ १६ — बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि सहयोग जुटाउने क्रम जारी रहँदा प्रधानमन्त्री राहत कोषमा संकलित रकम ६ अर्ब रुपैयाँ नाघेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ १६ गते साँझसम्म नौवटा वाणिज्य बैंकमा रहेका कोषका खातामा गरी ६ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रुपैयाँ जम्मा भएको छ। […]

रोङ गाउँपालिकाको रसुवा बाढीपीडितलाई ८.४९ लाख सहयोग

रोङ गाउँपालिकाको रसुवा बाढीपीडितलाई ८.४९ लाख सहयोग इलाम — इलामको रोङ गाउँपालिकाले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाले बाढीपीडितको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ८ लाख ४९ हजार १६६ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। भदौ ११ गते बसेको गाउँपालिकाको आकस्मिक कार्यपालिका बैठकले उक्त […]

बाढीपीडितका लागि बढ्दै सहयोग, ३५ अर्बभन्दा बढी स्रोत जुट्ने

विपद्मा राहतको हातेमालो : सरकारसँगै विश्व समुदायबाट सहयोगको प्रतिबद्धता काठमाडौं । भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि स्वदेश तथा विदेशबाट आर्थिक तथा सामग्री सहयोग जुट्न थालेको छ। विपद्को तत्कालीन व्यवस्थापनसँगै प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि समेत विभिन्न स्रोत परिचालन गर्ने तयारी अघि बढाइएको छ। सरकारले बाढी तथा पहिरोबाट […]

इलाम–७ मा वार्षिक समीक्षा र सार्वजनिक सुनुवाइ

इलाम । इलाम नगरपालिका–७ ले आर्थिक वर्ष २०८२/०८३ मा वडा कार्यालयमार्फत सञ्चालन भएका योजना तथा कार्यक्रमको प्रगति समीक्षा गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। वडा अध्यक्ष नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्यता तथा उपप्रमुख विष्णुकुमारी दाहालको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा वडाले वर्षभरि सञ्चालन गरेका विभिन्न योजना, विकास […]

सूर्योदय नगरको बजेट १ अर्ब १८ करोडभन्दा बढी

फिक्कल, इलाम । सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १८ करोड ४३ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले विकास निर्माण, सामाजिक क्षेत्र र नागरिकलाई प्रदान गरिने सेवामा प्रभावकारिता बढाउने लक्ष्यसहित आगामी आर्थिक वर्षको योजना अघि सारेको हो। नगरपालिकाले सार्वजनिक गरेको बजेटमा सबैभन्दा ठूलो हिस्सा सामाजिक […]

इलाममा राजस्व संकलन घट्यो, २ अर्बभन्दा बढी बजेट खर्च हुन सकेन

इलाम । इलाममा गत आर्थिक वर्षमा सरकारी राजस्व संकलनमा उल्लेख्य कमी आएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०८२/८३ मा संघीय तथा कोशी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट कुल ५२ करोड ८६ लाख ५८ हजार ३७८ रुपैयाँ राजस्व संकलन भएको छ। यो रकम आर्थिक वर्ष २०८१/८२ को तुलनामा ५० करोड ६७ लाख ६९ […]

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढी राजस्व सङ्कलन

झापा । घरेलु तथा साना उद्योग कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा उद्योग दर्ता, नवीकरण तथा विभिन्न प्रशासनिक सेवामार्फत रु दुई करोड ४१ लाख ६१ हजार १५० राजस्व सङ्कलन गरेको जनाएको छ। कार्यालयका अनुसार उद्योग दर्ताको क्रम बढ्दै जाँदा राजस्व सङ्कलनमा पनि उल्लेखनीय वृद्धि भएको हो। कार्यालयकी सूचना अधिकारी जानकी भट्टराईका अनुसार समीक्षा अवधिमा ५८६ […]

बर्ड फ्लु प्रभावित किसानलाई राहत : क्षतिपूर्तिका लागि ५० करोड रुपैयाँ निकासा

काठमाडौं, असार १९ गते। बर्ड फ्लुबाट प्रभावित किसानलाई आर्थिक राहत उपलब्ध गराउने उद्देश्यले सरकारले ५० करोड रुपैयाँ निकासा गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले उक्त रकम पशु सेवा विभागमार्फत प्रभावित किसानलाई क्षतिपूर्ति वितरण गर्न उपलब्ध गराएको हो। मन्त्रालयका अनुसार बर्ड फ्लु संक्रमण पुष्टि भएका ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा तथा अन्य […]