‘जनताको मतअनुसार बजेट ल्यायौँ, आफ्नै दस्ताबेजका लागि अर्को चुनाव पर्खनुपर्छ’ — अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता जनताबाट प्राप्त म्यान्डेट, वर्तमान आवश्यकता तथा आर्थिक सुधारको लक्ष्यअनुसार तयार गरिएको बताएका छन्। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनभावना र समकालीन राजनीतिक परिवेशसँग मेल खाने गरी तयार गरिएको स्पष्ट पारे। अर्थमन्त्री […]
कोशी प्रदेशमा बजेट कार्यान्वयन सुस्त, लक्ष्य पूरा गर्न दुई महिनामै ठूलो खर्चको दबाब

विराटनगर, चालु आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा कोशी प्रदेश सरकारको बजेट खर्चको अवस्था अपेक्षाअनुसार अघि बढ्न नसकेको देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को १० महिनाको अवधिमा प्रदेश सरकारले कुल विनियोजित बजेटको करिब ३६ प्रतिशत मात्रै खर्च गर्न सकेको तथ्यांक सार्वजनिक भएको छ। अब आर्थिक वर्ष समाप्त हुन दुई महिना मात्र बाँकी रहँदा सरकारले अझै ६३ […]
विदेशी मुद्राको भाउ फेरियो, अमेरिकी डलर थप महँगियो

काठमाडौं — मिति: २०८३ साल वैशाख ३० गते। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ। आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। त्यसैगरी, युरोपियन युरो, बेलायती पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क […]
दिगो कृषिका अभ्यास र लाभ–साझेदारीबारे अन्तर्राष्ट्रिय छलफल, १५ देशका विज्ञको इलाम अवलोकन

इलाम। कृषि क्षेत्रमा दिगो अभ्यास, उत्पादनशीलता अभिवृद्धि र लाभ–साझेदारीका सफल मोडेलबारे अनुभव साटासाट गर्न १५ देशका विज्ञ तथा प्रतिनिधिहरू इलाम आइपुगेका छन्। एशियन प्रोडक्टिभिटी अर्गनाइजेशन (एपिओ) तथा नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेशनल प्रोडक्टिभिटी एण्ड इकोनोमिक डेभलपमेन्ट सेन्टर (एनपिइडीसी) को संयुक्त पहलमा जिल्लामा बहुराष्ट्रिय अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरिएको हो। […]
इलाम–७ मा सुरक्षित आप्रवासनअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुँदै

इलाम नगरपालिका–७ नम्बर वडा कार्यालयको समन्वय तथा इलाम नगरपालिकाको सहयोगमा चालू आर्थिक वर्ष २०८२/८३ भित्र सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुने भएको छ । वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूका घरपरिवारका सदस्यहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त कार्यक्रम इलाम नगरपालिका–७ नम्बर वडाभित्र सञ्चालन गरिनेछ । कार्यक्रम सञ्चालनका विषयमा सरोकारवालाहरूबीच आवश्यक समन्वय […]
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था इलाम राष्ट्रिय सम्मानबाट पुरस्कृत

इलाम । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इलाम राष्ट्रिय तहको उत्कृष्ट सहकारीका रूपमा पुरस्कृत भएकाे छ। राष्ट्रिय सहकारी बैंक लिमिटेडले देशभरका बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरूमध्ये उच्च कार्यक्षमता तथा सुशासनका आधारमा मूल्यांकन गर्दै राष्ट्रसेवक सहकारीलाई सम्मान प्रदान गरेको हो। बैंकको २२औँ साधारणसभा, कोशी एकाइद्वारा विराटनगरमा आयोजित कार्यक्रममा संस्थालाई सम्मानपत्रसहित पुरस्कृत गरिएको […]
इलामका पहिलो सगरमाथा आरोही याम कमल गुरुङद्वारा साखेजुङमा पहिरो पीडितलाई सहयोग

इलाम जिल्लाका प्रथम सगरमाथा ८८४८ मिटर आरोही याम कमल गुरुङले आफ्नो जन्मथलो साखेजुङ पुगेर पहिरो प्रभावित परिवारहरूलाई आर्थिक सहयोग प्रदान गरेका छन्। स्थानीयहरूलाई प्रत्यक्ष राहत पुर्याउने उद्देश्यले उनले करिब रु. १ लाख १२ हजार बराबरको सहयोग हस्तान्तरण गरेका हुन्। उहाँले विपद्बाट प्रभावित परिवारहरूको अवस्था बुझ्दै समुदायको सहकार्य आवश्यक भएको उल्लेख गरे। गुरुङको यो पहलले स्थानियवासीलाई […]
दक्षिण कोरियाबाट आएको राहत इलामको पीडित परिवारलाई हस्तान्तरण

इलाम । इलामेलि सेवा समाज दक्षिण कोरिया मार्फत प्राप्त सहयोग नगद रूपमै फाकफोकथुम गाउँपालिकाका प्रशासकीय अधिकृत निर्मल तुम्रोकको टिमद्वारा प्रदान गरिएको छ। गत असोज १८–१९ गतेको अविरल वर्षात्का कारण पैरोमा परि ज्यान गुमाएका स्व. सुरेश लिम्बूका परिवारलाई राहत वितरण गरिएको हो। राहत रकम रु १०,००० पीडित परिवारका अभिभावक श्री जीत बहादुर लिम्बूलाई हस्तान्तरण गरिएको छ। […]
स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरूलाई बक्यौता रकम भुक्तानी, आगामी महिना भित्र बाँकी रकम पनि दिने तयारी

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमित व्यक्तिहरूको उपचार सेवाका बक्यौता रकम अस्पतालहरूलाई भुक्तानी गरेको छ। बोर्डले अस्पतालहरूले उपलब्ध गराएका कागजातहरूको पुनरावलोकन गरी चालु आर्थिक वर्षको चैत महिनासम्मको बक्यौता रकम तिरेको जनाएको छ। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि बाँकी रहँदै आएका सबै अस्पतालका भुक्तानीहरू हालैका दिनमा पूरा गरिएको […]
सुर्योदयमा रेडक्रसद्वारा गर्भवती र सुत्केरी महिलालाई राहत वितरण अभियान सुरु

प्रविन बि.सी. ईलाम, कार्तिक १७ नेपाल रेडक्रस सोसाइटी फिक्कल उपशाखाले संयुक्त राष्ट्रसंघ (UNF) को सहयोगमा सुर्योदय नगरपालिकाको समन्वयमा गर्भवती र सुत्केरी महिलाहरूलाई लक्षित गर्दै विशेष राहत वितरण अभियान सुरु गरेको छ। मातृत्व सुरक्षासँग सम्बन्धित यो अभियान सोमबार वडा नं. १३ बाट औपचारिक रूपमा शुभारम्भ गरिएको हो। कार्यक्रमका क्रममा फिक्कल रेडक्रसले ६ जना सुत्केरी र ९ […]

