त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैयाँ बराबरको जर्सी सेट सहयोग

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैयाँ बराबरको जर्सी सेट सहयोग फाकफोकथुम। जुरिथुम्की स्पोर्टिङ क्लबद्वारा आयोजित प्रथम जुरिथुम्की नकआउट फुटबल प्रतियोगितामा सहभागी त्रिवेणी युवा विकास संस्थाका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले खेलकुदप्रेमी तथा समाजसेवी अम्बर लिम्बूले १६ हजार रुपैयाँ बराबरको जर्सी सेट सहयोग गर्नुभएको छ। फाकफोकथुम गाउँपालिका–४ का लिम्बूले प्रतियोगितामा सहभागी खेलाडीहरूको हौसला, उत्साह […]

जुरिथुम्की गोल्ड कप असोज २६ देखि, मुख्य प्रायोजकमा सुजन श्रेष्ठ

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–४, फुएतप्पामा प्रथम ‘जुरिथुम्की गोल्ड कप’ फुटबल प्रतियोगिता असोज २६ गतेदेखि सुरु हुने भएको छ। ‘खेलकुदको सान, जुरिथुम्की हाम्रो पहिचान’ भन्ने नारासहित न्यु जुरिथुम्की स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा १६ टोली सहभागी हुनेछन्। स्थानीय खेलकुदको विकास र खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा […]

फुएतप्पामा हुँदैछ जुरिथुम्की गोल्ड कप, विजेतालाई १ लाख

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–४, फुएतप्पामा दशैँको अवसर पारेर पहिलो जुरिथुम्की गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै गाउँमा खेल गतिविधि विस्तार गर्ने उद्देश्यले न्यु जुरिथुम्की स्पोर्टिङ क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो। आयोजकका अनुसार प्रतियोगिता फाकफोकथुम गाउँपालिका–४ स्थित श्री विष्णु माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा ९–ए–साइड ढाँचामा […]

इलामका ६२ शिक्षक अब भलिबल प्रशिक्षक

इलाम — विद्यालय तहमा भलिबल खेलको स्तर सुधार गर्दै विद्यार्थीमा लुकेका खेल प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले इलाम सदरमुकाममा सञ्चालन गरिएको ६ दिने निःशुल्क प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ। इलाम नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला भलिबल संघ इलामको आयोजनामा भएको प्रशिक्षणमा जिल्लाका विभिन्न विद्यालयमा कार्यरत ६२ जना शिक्षक सहभागी भएका थिए। शिक्षकलाई भलिबल खेलको […]

२८ वर्षको खेलकुद यात्रापछि योगेश चाम्लिङ सम्मानसहित अवकाश

इलाम । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत करिब तीन दशकसम्म खेल प्रशासन र कराते प्रशिक्षण क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख तथा नायव वरिष्ठ कराते प्रशिक्षक योगबहादुर राई (योगेश चाम्लिङ) अनिवार्य अवकाशमा गएका छन्। ५८ वर्षको उमेर पूरा गरेसँगै उनले औपचारिक रूपमा सरकारी सेवाबाट बिदा लिएका हुन्। वि.सं. २०५२ […]

विश्वकप उपविजेता क्रिकेटर प्रतिभा राईलाई एक लाख रुपैयाँसहित सम्मान

विश्वकप उपविजेता क्रिकेटर प्रतिभा राईलाई एक लाख रुपैयाँसहित सम्मान इलाम। इलामको माङसेबुङ गाउँपालिकाकी दृष्टिविहीन राष्ट्रिय महिला क्रिकेट खेलाडी प्रतिभा राईलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ। विश्वस्तरमा नेपाली खेलकुदको पहिचान स्थापित गर्न पुर्‍याएको योगदानको कदर गर्दै बोर्डले विराटनगरमा आयोजित विशेष कार्यक्रममा राईलाई सम्मान गरेको हो। उक्त कार्यक्रममा सुनसरीकी दृष्टिविहीन […]

शिक्षकहरूबीच खेलमैत्री सम्बन्ध सुदृढ गर्दै इलाममा पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न

शिक्षकहरूबीच खेलमैत्री सम्बन्ध सुदृढ गर्दै इलाममा पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न इलाम  । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति इलामको आयोजनामा सम्पन्न पालिकास्तरीय शिक्षक भलिबल प्रतियोगिताले शिक्षकहरूबीचको आपसी सम्बन्ध, एकता र खेलभावनालाई थप मजबुत बनाएको छ। जिल्लाभरका विभिन्न पालिकाका शिक्षकहरूको सहभागितामा आयोजित प्रतियोगिता इलाम सदरमुकाममा भव्य रूपमा सम्पन्न भएको हो। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति […]

बिर्तामोडमा मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगिता सुरु

बिर्तामोड,। झापाको बिर्तामोडमा युवाहरूको खेल प्रतिभा उजागर गर्ने उद्देश्यसहित ‘दोस्रो मेयर कप अन्तर वडास्तरीय कराँते तथा किक बक्सिङ प्रतियोगिता–२०८३’ सुरु भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सञ्चालन गरिएको प्रतियोगिताले नगर क्षेत्रमा खेलकुद गतिविधिलाई थप सक्रिय बनाएको छ। बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा विशेष कार्यक्रमबीच प्रतियोगिताको […]

सूर्योदय नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन

मिति: २०८२ फागुन २ (फेब्रुअरी १४, २०२६) इलाम । सूर्योदय नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना अन्तर्गत सञ्चालन भइरहेको १६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा आज दोस्रो दिन एथलेटिक्सका विभिन्न विधासँगै कराँते, भलिबल र अन्य खेलहरू उत्साहपूर्वक सम्पन्न भएका छन्। प्रतियोगितामा सहभागी खेलाडीहरूले उच्च खेल भावना, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको उत्कृष्ट प्रदर्शन […]

साम्राज्ञी मोक्तान १८औँ मिस तामाङ बनिन्

काठमाडौँ–बौद्धस्थित भव्य समारोहमा सम्पन्न १८औँ मिस तामाङ प्रतियोगिता मा साम्राज्ञी मोक्तान विजेता भएकी छिन्। प्रतियोगितामा कुल १७ प्रतिस्पर्धी सहभागि भएका थिए, जसमा मोक्तानले उत्कृष्ट प्रस्तुतिका साथ सबैलाई पछि पार्दै ताज जितेकी हुन्। विजेता साम्राज्ञी मोक्तानले नगद ५० हजार रुपैयाँ सहित विभिन्न उपहार प्राप्त गरिन्। उनले आफ्नो जीतको अवसरमा नेपाललाई अन्तर्राष्ट्रिय रूपमा सांस्कृतिक रचनात्मकतामा चिनाउने आशा […]