विश्वकप उपविजेता क्रिकेटर प्रतिभा राईलाई एक लाख रुपैयाँसहित सम्मान

विश्वकप उपविजेता क्रिकेटर प्रतिभा राईलाई एक लाख रुपैयाँसहित सम्मान इलाम। इलामको माङसेबुङ गाउँपालिकाकी दृष्टिविहीन राष्ट्रिय महिला क्रिकेट खेलाडी प्रतिभा राईलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ। विश्वस्तरमा नेपाली खेलकुदको पहिचान स्थापित गर्न पुर्याएको योगदानको कदर गर्दै बोर्डले विराटनगरमा आयोजित विशेष कार्यक्रममा राईलाई सम्मान गरेको हो। उक्त कार्यक्रममा सुनसरीकी दृष्टिविहीन […]
शिक्षकहरूबीच खेलमैत्री सम्बन्ध सुदृढ गर्दै इलाममा पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न

शिक्षकहरूबीच खेलमैत्री सम्बन्ध सुदृढ गर्दै इलाममा पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न इलाम । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति इलामको आयोजनामा सम्पन्न पालिकास्तरीय शिक्षक भलिबल प्रतियोगिताले शिक्षकहरूबीचको आपसी सम्बन्ध, एकता र खेलभावनालाई थप मजबुत बनाएको छ। जिल्लाभरका विभिन्न पालिकाका शिक्षकहरूको सहभागितामा आयोजित प्रतियोगिता इलाम सदरमुकाममा भव्य रूपमा सम्पन्न भएको हो। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति […]
बिर्तामोडमा मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगिता सुरु

बिर्तामोड,। झापाको बिर्तामोडमा युवाहरूको खेल प्रतिभा उजागर गर्ने उद्देश्यसहित ‘दोस्रो मेयर कप अन्तर वडास्तरीय कराँते तथा किक बक्सिङ प्रतियोगिता–२०८३’ सुरु भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सञ्चालन गरिएको प्रतियोगिताले नगर क्षेत्रमा खेलकुद गतिविधिलाई थप सक्रिय बनाएको छ। बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा विशेष कार्यक्रमबीच प्रतियोगिताको […]
सूर्योदय नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन

मिति: २०८२ फागुन २ (फेब्रुअरी १४, २०२६) इलाम । सूर्योदय नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना अन्तर्गत सञ्चालन भइरहेको १६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा आज दोस्रो दिन एथलेटिक्सका विभिन्न विधासँगै कराँते, भलिबल र अन्य खेलहरू उत्साहपूर्वक सम्पन्न भएका छन्। प्रतियोगितामा सहभागी खेलाडीहरूले उच्च खेल भावना, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको उत्कृष्ट प्रदर्शन […]
साम्राज्ञी मोक्तान १८औँ मिस तामाङ बनिन्

काठमाडौँ–बौद्धस्थित भव्य समारोहमा सम्पन्न १८औँ मिस तामाङ प्रतियोगिता मा साम्राज्ञी मोक्तान विजेता भएकी छिन्। प्रतियोगितामा कुल १७ प्रतिस्पर्धी सहभागि भएका थिए, जसमा मोक्तानले उत्कृष्ट प्रस्तुतिका साथ सबैलाई पछि पार्दै ताज जितेकी हुन्। विजेता साम्राज्ञी मोक्तानले नगद ५० हजार रुपैयाँ सहित विभिन्न उपहार प्राप्त गरिन्। उनले आफ्नो जीतको अवसरमा नेपाललाई अन्तर्राष्ट्रिय रूपमा सांस्कृतिक रचनात्मकतामा चिनाउने आशा […]
मिक्लाजुङमा १६औँ राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता औपचारिक रूपमा सुरु

पाँचथर, माघ १५ । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिकामा विद्यालयस्तरीय खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यसहित १६औँ राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। साथै यस प्रतियोगितालाई गाउँपालिकास्तरीय सातौँ मिक्लाजुङ विद्यालय रनिङ सिल्डका रूपमा पनि आयोजना गरिएको छ। प्रतियोगिताको उद्घाटन मिक्लाजुङ गाउँपालिका–४ रविमा रहेको दुर्गा माध्यमिक विद्यालयको खेलमैदानमा भव्य कार्यक्रमबीच गरिएको हो। प्रतियोगितामा गाउँपालिकाभित्र […]
एफसीलाई सिरिजंगा स्मृति फुटबलको उपाधि, ट्राइबेकरमा आयोजक पराजित

फाकफोकथुम गाउँपालिका–३ स्थित आमचोकमा सम्पन्न ‘एफसी चौथो संस्करण सिरिजंगा स्मृति खुला फुटबल प्रतियोगिता’को उपाधि आमचोक एफसीले जितेको छ। रातमाटेमा अवस्थित सिरिजंगा स्मृति खेलमैदानमा पौष २९ गतेदेखि सुरु भएको प्रतियोगिता शुक्रबार भव्य रूपमा सम्पन्न भएको हो। खुला ९–ए–साइड नकआउट ढाँचामा सञ्चालन गरिएको पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल अत्यन्तै प्रतिस्पर्धात्मक बनेको थियो। निर्धारित समयमा आमचोक एफसी र […]
झापा गोल्डकप ७औं संस्करणका लागि नयाँ सदस्यता संख्या १०० नाघ्यो

बिर्तामोड । झापाको प्रसिद्ध अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता झापा गोल्डकप को सातौँ संस्करणका लागि नयाँ सदस्यता लिनेहरूको संख्या एक सय नाघेको छ। प्रतियोगिताका अध्यक्ष केदार गिरीले जानकारी दिनु भयो कि निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना हुन लागेको यस संस्करणका लागि उत्साहजनक सहभागिता देखिएको छ। सातौँ झापा गोल्डकप यही माघ २४ गते बिर्तामोडस्थित डोमालाल […]
टारी गोल्डकपले बढायो चहलपहल, फुटबलप्रेमीले भरिए स्थानीयका घर–आँगन

इलाम। इलामको सन्दकपुर गाउँपालिका–३, टारी यतिबेला फुटबलमय बनेको छ। माघे संक्रान्तिको अवसर पारेर आयोजना भइरहेको टारी गोल्डकपका कारण गाउँमा स्थानीय मात्र होइन, छिमेकी पालिका र जिल्लाबाट समेत फुटबलप्रेमी पाहुनाको आवागमन बढेको छ। यसले गाउँको जनजीवनमा विशेष रौनक थपिएको छ। झापाको बुधबारेकी विमला नेपाल केही दिनका लागि आफन्त भेट्न टारी आइपुगिन्। सामान्यतया एक–दुई दिन मात्र बस्ने […]
सातौँ सुनाखरी गोल्डकप–२०८२ सुरु, लट्टेबारी र रानीटारको प्रभावशाली जित

इलाम राँके। सातौँ संस्करणको सुनाखरी गोल्डकप–२०८२ को पहिलो दिन दुई प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन्, जसमा लट्टेबारी एफसी र रानीटार एफसीले आ–आफ्नो खेलमा जित निकाल्दै प्रतियोगिताको क्वार्टरफाइनल चरणमा स्थान सुरक्षित गरेका छन्। उद्घाटन खेलमा लट्टेबारी एफसीले फाल्गुनन्द ग्रीनपिसमाथि ५–० को फराकिलो जित दर्ता गर्दै दर्शकको ध्यान तानेको थियो। खेलको सुरुदेखि नै आक्रामक देखिएको लट्टेबारीका कप्तान […]

