माईजोगमाईमा अपाङ्गता भएका व्यक्तिको घरमै सेवा

इलाम — माईजोगमाई गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै घरदैलोमै पुगेर सहायक सामग्री तथा अपाङ्गता परिचयपत्र वितरण गरेको छ। कार्यालयसम्म पुग्न कठिनाइ हुने व्यक्तिहरूलाई उनीहरूको घरमै सेवा उपलब्ध गराउने उद्देश्यले टोली परिचालन गरिएको हो। दैनिक जीवनका सामान्य गतिविधि सञ्चालनमा सहजता ल्याउने तथा अपाङ्गता भएका व्यक्तिको आवश्यकता सम्बोधन गर्ने लक्ष्यसहित गाउँपालिकाले आवश्यकताका आधारमा सहायक सामग्री उपलब्ध […]

आदर्श माविमा ३०० विद्यार्थीको स्वास्थ्य परीक्षण

इलाम — विद्यार्थीमा स्वास्थ्य सचेतना बढाउनुका साथै मानवीय सेवा र स्वयंसेवाको भावना विकास गर्ने उद्देश्यले इलाम नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयमा विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ। ६४औँ रेडक्रस दिवसको अवसरमा विद्यालयको युवा रेडक्रस सर्कलको आयोजनामा करिब ३०० विद्यार्थीको रक्त समूह पहिचान तथा निःशुल्क आँखा परीक्षण गरिएको हो। विद्यार्थीलाई आफ्नै स्वास्थ्य अवस्थाबारे आधारभूत जानकारी गराउने, […]

जिल्ला अस्पताल इलाममा ५ जनाका लागि करार सेवामा कर्मचारी माग

इलाम । जिल्ला अस्पताल इलामले विभिन्न पदमा गरी ५ जना कर्मचारी करार सेवामा नियुक्त गर्ने भएको छ। अस्पतालले एक सूचना प्रकाशित गर्दै कार्यालय सहयोगी, सेक्युरिटी गार्ड र एम्बुलेन्स चालक पदमा कर्मचारी माग गरेको हो। अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार कार्यालय सहयोगी २ जना, सेक्युरिटी गार्ड २ जना र एम्बुलेन्स चालक १ जना गरी जम्मा ५ जनाका […]

इलाममा १५० भन्दा बढी कुकुरलाई रेबिजविरुद्ध खोप

इलाम । रेबिज रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले इलाम नगरपालिकाका विभिन्न क्षेत्रमा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ। नगरपालिकाको वडा नम्बर १ अन्तर्गतका विभिन्न बस्ती तथा बजार क्षेत्रमा सञ्चालन गरिएको अभियानमा १५० भन्दा बढी कुकुरलाई खोप दिइएको जनाइएको छ। रेबिज मानिस तथा पशु दुवैका लागि जोखिमपूर्ण रोग भएकाले यसको संक्रमण रोकथामका लागि कुकुरलाई समयमै खोप लगाउनु […]

बेसार साँच्चै ‘हरेक रोगको औषधि’ हो त?

काठमाडौं । नेपालीसहित दक्षिण एसियाली खानपानमा बेसार निकै पुरानो र लोकप्रिय मसला हो। खानालाई आकर्षक रङ दिनुका साथै स्वाद बढाउन प्रयोग गरिने बेसारलाई परम्परागत रूपमा विभिन्न स्वास्थ्य समस्यासँग जोडेर हेर्ने गरिएको छ। पछिल्लो समय बेसारमा पाइने करक्युमिन नामक सक्रिय यौगिकका कारण यसको चर्चा अझ बढेको छ। रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउने, शरीरमा हुने सुन्निने प्रक्रिया कम […]

कन्यामको दुग्ध केन्द्रलाई फेरि सक्रिय बनाउने तयारी, दूध संकलन बढाउने लक्ष्य

इलाम । सूर्योदय नगरपालिका–८ कन्याममा रहेको दुग्ध चिस्यान तथा प्रशोधन केन्द्रलाई पुनः प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने तयारी अघि बढाइएको छ। केही वर्षयता अपेक्षाअनुसार सञ्चालन हुन नसकेको केन्द्र नयाँ कार्यसमिति चयन भएसँगै दूध संकलन, भण्डारण र बजार व्यवस्थापनलाई व्यवस्थित बनाउने योजनामा जुटेको हो। किसानले उत्पादन गरेको दूधलाई बजारसम्म पुर्‍याउने उद्देश्यले स्थापना गरिएको केन्द्रले विगतमा जिल्लामै महत्वपूर्ण […]

स्वास्थ्य कार्यक्रम मूल्याङ्कनमा चुलाचुली, रोङ र सूर्योदय शीर्ष स्थानमा

इलाम । जिल्लामा सञ्चालन भएका स्वास्थ्यसम्बन्धी कार्यक्रमको प्रगति र कार्यसम्पादन मूल्याङ्कनमा इलामका तीन स्थानीय तह उत्कृष्ट ठहरिएका छन्। स्वास्थ्य कार्यालय इलाममा साउन २४ र २५ गते सम्पन्न आर्थिक वर्ष २०८२/८३ को जिल्लास्तरीय स्वास्थ्य कार्यक्रम समीक्षामा चुलाचुली गाउँपालिका, रोङ गाउँपालिका र सूर्योदय नगरपालिका संयुक्त रूपमा पहिलो स्थानमा रहेका हुन्। कार्यक्रमअन्तर्गत गरिएको मूल्याङ्कनमा तीनवटै स्थानीय तहले समान […]

नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति, अनसन अन्त्य

काठमाडौं, २० साउन २०८३ स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनसनमा रहेकी नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ। सहमतिसँगै रानाभाटले सञ्चालन गर्दै आएको अनसनका सबै कार्यक्रम अन्त्य गरेकी छन्। सरकारी वार्ता टोली र रानाभाटबीच भएको सहमतिमा स्वास्थ्य क्षेत्रका विभिन्न विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। विशेषगरी नर्स, मिडवाइफ तथा […]

स्वस्थ रहन दिनमा कति पानी पिउने ? आवश्यक मात्रा र सावधानी जान्नुहोस्

काठमाडौं, २० साउन २०८३ पानी मानव शरीरका लागि अत्यावश्यक प्राकृतिक तत्व हो। शरीरलाई स्वस्थ, सक्रिय र सन्तुलित राख्न पर्याप्त मात्रामा पानी पिउनु आवश्यक मानिन्छ। तर, धेरै पानी पिउँदा मात्र स्वास्थ्य राम्रो हुन्छ भन्ने धारणा सही होइन। आवश्यकता अनुसार उचित मात्रामा पानी सेवन गर्नु नै स्वस्थ जीवनशैलीको महत्वपूर्ण आधार हो। स्वास्थ्य विज्ञहरूका अनुसार मानव शरीरको करिब […]

बाल्यकालमै चिनी कम खाँदा स्मरणशक्ति जोगिन सक्छ: अध्ययन

बाल्यकालमै चिनी कम खाँदा स्मरणशक्ति जोगिन सक्छ: अध्ययन काठमाडौं । बालबालिकाको प्रारम्भिक खानपानले दीर्घकालीन स्वास्थ्यमा महत्वपूर्ण प्रभाव पार्ने अर्को अध्ययन सार्वजनिक भएको छ। नयाँ अनुसन्धानअनुसार दुई वर्षको उमेर पूरा हुनुअघि चिनीको सेवन कम गर्ने बालबालिकामा जीवनको पछिल्लो चरणमा डिमेन्सिया हुने जोखिम उल्लेखनीय रूपमा घट्न सक्ने देखिएको छ। अध्ययनले दुई वर्षभन्दा कम उमेरमा चिनीको मात्रा सीमित […]