सुरक्षा गार्ड गुरुङको प्रेरणा: कमाइबाट विद्यार्थीलाई शैक्षिक सामग्री र खाजा

सुरक्षा गार्ड गुरुङको प्रेरणा: कमाइबाट विद्यार्थीलाई शैक्षिक सामग्री र खाजा इलाम । उमेर बढ्दै जाँदा धेरै मानिस रोजगारी र सक्रिय जीवनबाट क्रमशः टाढिँदै जान्छन्। तर इलाम नगरपालिका–६ का रामबहादुर गुरुङ भने अझै श्रममा सक्रिय छन्। सुरक्षा गार्डका रूपमा काम गर्दै आएका गुरुङले आफ्नो आम्दानीको केही हिस्सा बालबालिकाको शिक्षा तथा सामाजिक सेवामा खर्च गर्दै आएका छन्। […]

शिक्षक सेवा आयोग ठप्प, लाइसेन्सदेखि बढुवासम्म प्रभावित

काठमाडौँ । शिक्षक सेवा आयोग पदाधिकारीविहीन बनेपछि आयोगबाट नियमित रूपमा सञ्चालन हुँदै आएका महत्वपूर्ण कामहरू प्रभावित भएका छन्। आयोगमा नेतृत्व नहुँदा शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स), विभिन्न तहका शिक्षक पदका लागि हुने परीक्षा तथा बढुवासम्बन्धी प्रक्रियासमेत रोकिएको अवस्था छ। शिक्षक छनोट, अध्यापन अनुमतिपत्र तथा शिक्षकको वृत्ति विकाससँग जोडिएका महत्वपूर्ण कामको जिम्मेवारी पाएको आयोग नै नेतृत्वविहीन बनेपछि […]

इलामका ६२ शिक्षक अब भलिबल प्रशिक्षक

इलाम — विद्यालय तहमा भलिबल खेलको स्तर सुधार गर्दै विद्यार्थीमा लुकेका खेल प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले इलाम सदरमुकाममा सञ्चालन गरिएको ६ दिने निःशुल्क प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ। इलाम नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला भलिबल संघ इलामको आयोजनामा भएको प्रशिक्षणमा जिल्लाका विभिन्न विद्यालयमा कार्यरत ६२ जना शिक्षक सहभागी भएका थिए। शिक्षकलाई भलिबल खेलको […]

बाढीको चपेटामा १७ हजार बालबालिका, पढाइ प्रभावित

बाढीबाट नेपालमा १७ हजार बालबालिका प्रभावित, शिक्षामा ठूलो असर नेपालमा आएको विनाशकारी बाढीका कारण हजारौँ बालबालिकाको दैनिक जीवन प्रभावित भएको छ। संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) का अनुसार बाढीका कारण देशभर कम्तीमा १७ हजार बालबालिकाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गम्भीर असर भोगिरहेका छन्। बाढीले बालबालिकाको सुरक्षित बसोबासदेखि उनीहरूको शिक्षा, स्वास्थ्य र दैनिक आवश्यकतासम्म असर पुर्याएको […]

SEE नतिजा सुधारमा पुहाँतु जनज्योति माविको जोड, शतप्रतिशत उत्तीर्णको लक्ष्य

भद्रपुर, झापा । विद्यार्थीको सिकाइ उपलब्धि र आगामी परीक्षाको नतिजा सुधार गर्ने उद्देश्यले भद्रपुर–९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयमा शैक्षिक समीक्षा तथा पूर्वतयारीसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। ‘नतिजा विश्लेषण, सिकाइ उपलब्धि वृद्धि तथा SEE परीक्षा २०८३ को पूर्वतयारी’ विषयमा केन्द्रित कार्यक्रम भदौ ११ गते शिक्षक, विद्यार्थी र अभिभावकको सहभागितामा आयोजना गरिएको हो। कार्यक्रममा विद्यार्थीको […]

विद्यालय शिक्षा विधेयकबारे प्रदेशका सुझावमाथि समीक्षा हुँदै

काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सातै प्रदेशबाट संकलन गरिएका सुझाव तथा निष्कर्षमाथि आइतबार काठमाडौंमा समग्र समीक्षा गरिने भएको छ। विद्यालय शिक्षासँग सम्बन्धित कानुनी व्यवस्था निर्माण गर्नुअघि प्रदेश तहमा भएका छलफलबाट आएका सुझावलाई एकीकृत गर्दै आगामी प्रक्रियाका लागि आधार तयार गर्न लागिएको हो। यस क्रममा प्रदेशस्तरीय संवादबाट उठेका महत्वपूर्ण विषय तथा सरोकारवालाका […]

अमर माविकी एस्तर कोशी प्रदेश निबन्धमा उत्कृष्ट

इलाम, साउन ३०। भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल–भारत मैत्री सङ्घले आयोजना गरेको कोशी प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगितामा इलामकी छात्रा एस्तर दियाली प्रथम भएकी छन्। इलामको अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत दियालीले प्रदेशका विभिन्न जिल्लाबाट सहभागी विद्यार्थीलाई पछि पार्दै प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी हुन्। उनको उत्कृष्ट लेखन क्षमताको कदर गर्दै आयोजकले उनलाई […]

‘मेरो देश, मेरो जिम्मेवारी’मा विद्यार्थीको वक्तृत्वकला

उदयपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, त्रियुगा नगर एकाइ समितिको आयोजनामा श्री बालमन्दिर माध्यमिक विद्यालयमा ‘मेरो देश, मेरो जिम्मेवारी’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीमा देशप्रतिको जिम्मेवारी, सामाजिक चेतना तथा आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले ‘मेरो देश, मेरो जिम्मेवारी’ […]

शिक्षा ऐनअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ हुँदै

सरकारले प्रस्तावित शिक्षा ऐनलाई थप प्रभावकारी र व्यवहारिक बनाउने उद्देश्यले सातै प्रदेशमा सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने तयारी गरेको छ। शिक्षा मन्त्रालयले ऐन अघि बढाउनुअघि प्रदेश तथा स्थानीय तहबाट सुझाव संकलन गर्ने अभियान सञ्चालन गर्न लागेको हो। यसै अभियानअन्तर्गत पहिलो ‘शिक्षा संवाद’ कार्यक्रम आज विराटनगरमा आयोजना हुँदैछ। कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाको सहभागिता रहने र […]

हिमालय इङलिस स्कुलमा साइबर तथा बाल सुरक्षा प्रशिक्षण

योगेन योगि सुन्दरहरैँचा, मोरङ। मोरङको सुन्दरहरैँचा–१० स्थित हिमालय इङलिस स्कुलमा शिक्षक–शिक्षिकाका लागि साइबर सुरक्षा तथा बाल सुरक्षासम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत आयोजित प्रशिक्षणमा प्रविधिको सुरक्षित प्रयोग, साइबर जोखिमबाट जोगिने उपाय, बालबालिकाको सुरक्षा तथा उनीहरूसँग सम्बन्धित संवेदनशील विषयमा शिक्षकलाई आवश्यक जानकारी प्रदान गरिएको थियो। विद्यालय, प्रहरी, समुदाय तथा सामाजिक क्षेत्रका […]