Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कञ्चनपुरको श्रीकृष्ण माध्यमिक विद्यालयमा प्रविधिमैत्री कक्षाकोठा निर्माण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १४, २०७८ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा प्रविधि मैत्री कक्षाकोठा निर्माण गरिएको छ।

कम्प्युटर शिक्षामा विद्यार्थीको पहुँच अभिवृद्धि गर्ने ध्येयले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आर्थिक सहयोगमा अत्याधुनिक कक्षाकोठा निर्माण गरिएको हो। परियोजनाको रु ३२ लाखको सहयोगमा निर्माण गरिएको कक्षाकोठामा कम्प्युटर, स्मार्ट बोर्ड, ल्यापटप, फर्निचर, क्यामेरा, सिसिटिभी क्यामेरा लगायतको व्यवस्था गरिएको छ। देश विदेशमा प्रविधि, कृषि, वैज्ञानिक उपलब्धि, अन्य विकास, घटनाक्रमसँगै कम्प्युटर सम्बन्धिका कुरा विद्यार्थीलाई सिकाउनका लागि प्रविधिमैत्री कक्षा कोठा निर्माण गरी सञ्चालनमा ल्याइएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए।

“परियोजना अन्तर्गत २६ वटा कम्प्युटर खरिद गरेका छौं” उनले भने, “विद्यालयको लगानीमा २४ वटा थप कम्प्युटर खरिद गरी कक्षाकोठामा राखिएको छ। यसबाट सहज रुपमा विद्यार्थीको कम्प्युटरमा पहुँच अभिवृद्धि भएको छ।” सूचना प्रविधिबारे पठनपाठन गर्ने शिक्षकलाई तालिमको व्यवस्था गरी दक्ष पारिएको उनले बताए।

विद्यालयका गतिविधि र जानकारीमूलक कुराबारे जानकारी दिनका लागि विद्यालयमा डिजिटल नोटिस बोर्डकोसमेत व्यवस्था गरिएको छ। आवश्यकताका आधारमा कक्षा १ देखि १२ सम्म र प्राविधिक तर्फका डिप्लोमा र प्रि डिप्लोका विद्यार्थीलाई कम्प्युटर शिक्षा दिने कार्य भइरहेको सहायक प्रअ पाण्डेयले जानकारी दिए। बढ्दो प्रविधिको प्रयोगसँगै विद्यार्थीलाई समेत त्यसबारे अभ्यस्त बनाउनका लागि परियोजना अन्तर्गत गरिएको सहयोगले मद्दत पु¥याएको उनको भनाइृ छ।

परियोजनाले देशभरीका सामुदयिक विद्यालयमध्ये ७० विद्यालयबाट आशयपत्र आएकामा ४० विद्यालय छनोट भएका थिए। सुदूरपश्चिमबाट श्रीकृष्ण माध्यमिक विद्यालय मात्रै छनोटमा परेको छ। यससँगै आधुनिक सूचना प्रविधि र डिजिटल साधनको प्रयोग गरी कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई गणित र स्वास्थ्य शिक्षामा पठनपाठन गर्ने कार्य विद्यालयका शिक्षकको पहलमा दुई वर्ष अघिदेखि सञ्चालन हँुदै आएको छ।

कम्प्युटरमै पठनपाठनका सामग्री तयार गरी विद्यार्थीलाई प्रोजेक्टरको सहायताले देखाइ पढाउने गरिँदै आएको छ। यसबाट विद्यार्थीले सहज रुपमा सिक्ने गरेको विद्यालयका शिक्षकको भनाइ छ। कम्प्युटर शिक्षासँगै विद्यालयमा विद्यार्थीलाई पठनपाठनमा सहजता प्रदान गर्नका लागि पुस्तकालय र प्रयोगशालको समेत व्यवस्था रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सिंहले बताए।

उनका अनुसार कक्षा १ देखि ८ सम्म पूर्ण रुपमा निःशुल्क रुपमा पठनपाठन गरिँदै आएको छ। माथिल्ला कक्षामा न्यून शुःल्कमा पठनपाठनको व्यवस्था गरिएको छ। विसं २०२२ मा स्थापना भएको विद्यालयमा ६०० बढी विद्यार्थी पठनपाठन गर्दै आएका छन। विद्यालयमा २२ जना शिक्षक कार्यरत रहेका छन्।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved