Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सप्तरी विद्यालयमा लगाइएको ताला ४ महिनापछि खुल्दा विद्यार्थीमा खुशीयाली

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २६, २०७८ मा प्रकाशित

लहान । सप्तरीको बलानबिहूल गाउँपालिका वडा नं. – ४, बेल्हीमा अवस्थित श्री जनता आधारभुत विद्यालयमा राजनितिक खिचातानिको कारण लगातार ४ महिनासम्म विद्यालयमा लागेको तालावन्दि खुल्दा यहाँका विद्यार्थीहरुमा खुसीयाली छाएको छ ।

बिडम्बना विद्यालय खुल्दा पनि यस आधारभुत विद्यालयमा केवल २ ओटा प्रा.वि. दरवन्दिका शिक्षकहरु कक्षा १ देखि ८ सम्म भयाई-नभयाई पढ़ाउछन्। यस विद्यालयमा ३५० भन्दा बढ़ी विद्यार्थीहरु अध्यनरत छन्। यो विद्यालय वि.सं. २०११ सालमा स्थापना भएको हो। कक्षा ७ र ८ का विद्यार्थीहरुलाई अप्पन बेल्ही युवा क्लवका अध्यक्षले नेपाली, विज्ञान, सामाजिक बोर्डमा लेख्न भन्दा धेरै विद्यार्थीहरुले लेख्न सकेन ।

साधारण घटाउ दिंदा पनि बनाउन सकेन। यसमा यिनीहरुको केही गल्ति छैन, यी निर्दोष बालवालिकाहरु सदैब विद्यालय आउँछन् र हाजिरी बनाएर शिक्षकको प्रतिक्षामा बिहान १० बजे देखि ४ बजे सम्म बस्छन्। यस विद्यालयमा ९९ प्रतिशत विद्यार्थी अति गरीव, बिपन्न र दलित समुदयबाट पढ्न आउँछन्। विद्यालयका प्रधानाध्यापक श्री नेतिलाल यादवलाई सोध्दा ४ बर्ष देखि अहिले सम्म विद्यालयमा स्थानीय सरकारबाट एक रूपैया पनि विकास निर्माणमा पाएका छैनौ र शिक्षकको बारम्बार माँग गर्दा पनि कुनै चासो प्रतिनिधिहरुले नदिएको गुनासो गर्नुभयो।

विद्यार्थीहरुको भविष्य निर्माण नभई यहाँ अन्धकार तिर धकेल्ने काम स्थानीय सरकारले नै गरेको खुलासा स्थानीयहरुले पनि बताउँछन्। बेल्ही गाउँबाट नै उपाध्यक्ष समेत रहदा पनि यहाँको अवस्था यस्तो छ भने अब को माथि विश्वाश गर्ने भन्ने ब्यापक जन गुनासो समेत छ। बलान बिहूल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईत आँफै अंग्रेजीमा एम.ए. सम्मको पढाई गर्नुभएको छ जसको कारण जनताले उहाँलाई आफ्नो अमूलय मत दिई चुन्नू भएको छ तर शिक्षामा कुनै परिणाम आएको छैन। दिनानुदिन यहाँको शिक्षाको अवस्था खस्किदै गैरहेको छ।

अप्पन बेल्ही युवा क्लबद्वारा निरिक्षणमा गएको क्लबका अध्यक्ष रोशन यादव, कोषाध्यक्ष कुमरकान्त झा,
सल्लाहकार ई.प्रदीप यादव सचिब बिजय यादवले सोमबार विद्यालय अनुगमन गरेका छन।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved