Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

म्यानमारकी नेतृ सूकीका सहयोगीलाई २० वर्ष जेल सजाय

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १३, २०७८ मा प्रकाशित

याङ्गुन । देशद्रोह गरेको आरोपमा देश निकाला गरिएका नागरिक नेता आङ सान सुकीका निकट सहयोगीलाई शुक्रबार २० वर्षको जेल सजाय सुनाएको उनका वकिलले बताएका छन्।

म्यानमारमा सन् २०२१ को फेब्रुअरी १ को विद्रोहदेखि नै राजनीतिक अस्तव्यस्तता देखिएको छ। एक स्थानीय मानब अधिकार अनुगमनकारी समूहका अनुसार यो अवधिमा राष्ट्रव्यापीरूपमा ठूला विरोध प्रदर्शनहरू भएका र सैनिक सरकारविरूद्ध प्रदर्शनको पक्षधर एक हजार १०० भन्दा बढी मानिसहरू सुरक्षा फौजद्वारा मारिएका छन्। वकिल माइन्ट थ्विनले एएफपीसँग भने, “यू विन एचटिनलाई विशेष अदालतले धारा १२४ ‘क’ अन्तर्गत २० वर्षको कैद सजाय सुनाएको छ।

थ्विनका अनुसार संसदका पूर्व सदस्यसमेत रहेका नेता एचटिन पुर्पक्षपछि जुन्ता प्रशासनले यति लामो कैँद सजाय सुनाएका सुकीको नेशनल लिग फर डेमोक्रेसीको पहिलो उच्च पदस्थ सदस्य हुन्। ८० वर्षीय उनी लामो समयदेखि राजनैतिक कैदी हुन्। उनी लामो समयसम्म सैन्य शासनविरुद्ध प्रचार गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि जेलमा रहँदै आएका थिए।

गिरफ्तार हुनुभन्दा तीन दिनअघि उनले स्थानीय सञ्चार माध्यमलाई सैन्य शासन ‘विवेकी निर्णय नभएको’ र यसले देशलाई गलत दिशामा लगेको बताइएको छ। सुकीलाई दशकौंसम्म जेलमा थुनेको, गैरकानुनी ढंगमा वाकी टकीहरू आयात गर्नेदेखि लिएर कोरोनाभाइरस नियमलाई बेवास्ता गर्नेजस्ता अभियोगहरूको सामना गर्नु परिरहेको छ।

सेनाले पुर्पक्ष गरेको चार महिनापछि मंगलबार जुन्ता अदालतमा उनले पहिलो पटक बयान दिएकी मुद्दाबारे जानकार स्रोतले एएफपीलाई बताएको छ। न्यापितको विशेष अदालतमा सुकीको पुर्पक्षमा उपस्थित हुन सञ्चार माध्यमलाई रोक लगाइएको छ र जुन्ताले हालै आफ्नो कानूनी टोलीलाई सञ्चारमाध्यमसँग कुरा गर्न प्रतिबन्ध लगाएको छ। -एएफपी

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.