Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ हुने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २७, २०७८ मा प्रकाशित

काठमाडौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ। प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिनुभयो।

प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरुप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा.थापाले बताउनुभयो।

“प्रतिष्ठानको बहुप्रतिक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बिएनस, बिएमएस, बिपिएच र बिफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रमसहितका समाचार केही सञ्चारमाध्यममा आएको देखियो”, उहाँले भन्नुभयो, “प्रतिष्ठानको पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । जसअनुसार भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ।”

यसका लागि चिकित्सा शिक्षा आयोगको यही कात्तिक २५ गतेको सूचनाअनुसार आउँदो मङ्सिर १९ गतेदेखि कक्षा सञ्चालन गर्न प्रतिष्ठान पूर्णरुपमा तयार रहेको बताउँदै उहाँले प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रममा कुनै पनि रोकावट नभएको र नहुने जानकारी दिनुभयो ।

तीन दिनअघि उपकुलपति डा मङ्गल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि कर्णालीमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन तथा पढाइ अन्यौलमा भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएका थिए । सरकारले त्यसको एक दिनपछि अर्थात् बिहीवार प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापालाई निमित्त उपकुलपति र प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई निमित्त रजिष्ट्रारको जिम्मा दिएको थियो ।

नयाँ जिम्मेवारी पाएका निमित्त उपकुलपति डा.थापा र निमित्त रजिष्ट्रार शाही, नर्सिङ डीन सरस्वती गौतम, जनस्वास्थ्य डीन मुनिराज क्षेत्रीसहितका पदाधिकारीले शुक्रबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी प्रतिष्ठानका कुनै पनि काम नरोकिएका र नरोकिने भन्दै प्रष्टीकरण दिएका थिए ।

निमित्त उपकुलपति डा थापाका अनुसार एमबीबीएस २० सीटमध्ये १५ जना भर्ना भइसकेको र पाँच सिट प्रक्रियामा छन् । एमबीबीएस २० सीटसहित अन्य ९० वटा सिटमा ६० सीट भर्ना भइसकेका छन् ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved