Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कीर्तिपुर, कोहलपुरपछि सप्तरीमा खुल्यो एपिएफ स्कुल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १९, २०७८ मा प्रकाशित

राजबिराज । काठमाडौंको कीर्तिपुर र बाँके जिल्लाको कोहलपुरपछि प्रदेश १ र २ का लागि सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार एपिएफ स्कुल उद्घाटन भएको छ।

सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियास्थित नवनिर्मित छात्रावाससहितको विद्यालय भवनको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आइतबार एक समारोहबीच उद्घाटन गरेका हुन् । राजधानी बाहिर प्रदेश १ र २ लाई पायक पर्ने गरी विद्यालय सञ्चालन गरिएको जानकारी दिंदै महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारी एवं स्थानीय नागरिकका सन्ततिको गुणस्तरीय शिक्षादीक्षामा यसले योगदान पुग्ने चर्चा गरे।

महानिरीक्षक खनालले शिक्षा सभ्य र सुसंस्कृत समाज निर्माणको आधारशिला भएको बताए। शिक्षा र स्वास्थ्य क्षेत्रको विकासले सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने र राष्ट्र समृद्धिको बाटोमा अगाडि बढ्ने उनले बताए। नेपाल एपीएफ स्कुलबाट तराईको सीमामा बस्नेदेखि पहाडको कुना कन्दरामा बस्ने स्थानीय सर्वसाधारण जनताका छोरीछोरीसमेत लाभान्वित हुने खनालले विश्वास व्यक्त गरे।

एपिएफ विद्यालयमा प्रहरी परिवारका बालबालिकाका साथै अशक्त, असहाय, परित्यक्त, गरिब सर्वसाधारण नागरिकका बालबालिकालाई समेत अध्ययन गराइने सशस्त्र प्रहरी गण ६ का सशस्त्र एसपी राजु श्रेष्ठले जानकारी दिए।

विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी अध्यापन गराइने विद्यालयमा समावेशक सशस्त्र डिएसपी भुवन सिंह ठकुरीले बताए। ठकुरीले १५ कोठाका प्रशासनिक र विद्यालय भवनका लागि ६ करोड ५१ लाख खर्च भएको र छात्रावास, मेस, व्यारेकका लागि ७ करोड ४९ लाख रुपैयाँको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । कार्यक्रममा जग्गादाता जोगृन्द्र भगत र उनकी श्रीमती ठाकोदेबी भगतलाई महानिरीक्षक खनालले प्रशंसापत्रसहित सम्मान गरे।

सो विद्यालय निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष समेत रहेका जोगेन्द्र भगत दम्पतिले ८ बिगहा ११ कठ्ठा जग्गा निशुल्क दान गरेका हुन्। ‘ढुङ्गा खोज्दा देउता मिले झै भयो’, महानिरीक्षक खनालले भने, ‘जग्गा खोजिरहेका बेलामा मनकारी भगतजीले चाँडो स्कुल बनाउने हो भने जग्गा दिन्छु भन्दै आए। हामीले पनि प्रतिबद्धता अनुरुप विद्यालय भवन निर्माण गर्यौं।’ सम्मानित जोगेन्द्र भगतले आफूले भविष्यमा क्याम्पस बन्ने सपना देखेको र सो का लागि थप २-३ बिगहा जग्गा दान गर्ने संकल्प गरेको बताए।

नेपाल एपिएफ स्कुल प्रहरीबलअन्तर्गत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा कीर्तिपुर र कोहलपुर पछि शम्भुनाथमा एपिएफ विद्यालय सञ्चालन हुनेछ । कार्यक्रममा सप्तरीका सिडिओ जर्नादन गौतम, डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, राजु अर्याल, सशस्त्र प्रहरी उपरीक्षकहरु राजु श्रेष्ठ, रुपकुमार क्षेत्री, सुरेश सापकोटा, सेनाका गणपति निरज भण्डारी, एसपी अविनारायण काफ्लेलगायत समाजसेवी, शिक्षक, सञ्चारकर्मी सहभागी थिए।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved