काठमाडौं । भारतमा एकैदिन १७ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा राजस्थानमा नौ, महाराष्ट्रमा सात र नयाँ दिल्लीमा एक जना गरी १७ जनामा ओमिक्रोन देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ ।
यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो । अहिलेसम्म अमेरिका, अस्ट्रेलिया, बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्रोन देखिएको छ ।























