Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

शिक्षा समिति सप्तरीद्वारा थाल्यो विद्यालयको छड्के अनुगमन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २१, २०७८ मा प्रकाशित

राजविराज । सरकारी विद्यालयको अवस्था खस्किदैं गएको पाइएपछि शिक्षा समिति, सप्तरीले विद्यालयको छड्के अनुगमन शुरु गरेको छ ।

शिक्षक ढिलोगरी आउने टिफिनमै छुट्टी दिने, नाम दर्ता अनुसारको बालबालिका नआउने, शिक्षक आएपनि नपढाउनेजस्ता समस्या देखिएपछि समितिका पदाधिकारीले सोमबारदेखि विद्यालयको अनुगमन शुरु गरेका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विजय मण्डल, शिक्षक महासंघका अध्यक्ष दिनेश यादव, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देवसहितको टोलीले पहिलो दिन राजविराजस्थित केशो अनिरुद्ध माविको छड्के अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा शिक्षक उपस्थित भएको र पढाई भइरहेको पाइएपनि बालबालिका पढाईमा कमजोर देखिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । उनका अनुसार कोर्षकै पुस्तकबाट सोधिएको प्रश्नको उत्तर बालबालिकाले दिन सकेनन् ।

टोली प्रमुख समन्वय समितिका प्रमुख यादवले अनुगमन गर्दै गुणस्तरीय शिक्षाका लागि पहल गर्न शिक्षकहरुसँग आग्रह गरेको बताए । प्रमुृख यादवले सरकारी विद्यालयमा पछिल्लो पटक बेथिती बढेको बढी सुनिन आएकाले विद्यालयको छड्के अनुगमन गर्न शुरु गरिएको बताए ।

प्रमुख जिल्ला अधिकारी गौतमले जुनसुकै समयमा कुनै विद्यालयको एक्कासी पनि अनुगमन गर्न सकिने बताए ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved