विनोद मण्डल
मंसिर । गायन वादन अनि नृत्यको संयोजनले आदिम कालदेखि आफ्नो पहिचान निरन्तर अगाडी बढाई रहँदा समय समयमा आएको परिवर्तनमा कला क्षेत्रको महत्वपूर्ण भूमिका रहिआएको छ ।
प्रसंग अलि फरक आज भोलिको युवा पुस्ताले मनोरञ्जन र नृत्यलाई आफ्नो जीवनको एउटा अभिन्न अंगको रुपमा लिएर अघि बढिरहेका बेला नवलपरासी जिल्लावाट करिब ३ बर्ष अगाडी अाम युवाको चहनालाई पूरा गर्ने उद्देश्यले उदाएका असल व्यक्तित्व दीपक साहनीले नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको वडा नं ५ घण्टाघर बाल मन्दिरस्थित ब्लू स्काई स्टुडियोले सञ्चालन गरेको डान्स कलास शुरू गरेका थिए ।

जिल्लामा डान्स सिकाउने असल ठाउँ नभएकोले उनी स्थानिय पोखरा पाली गाउँबाट देशको राजधानी शहर काठमाण्डौ गएर डान्स सिकेर पुन आफ्नै जिल्लामा फर्किएर डान्स सिकाउन थाल्नुभयो । अत्यन्त मिजासलु सरल स्वभावका धनी दीपकले निरन्तर स्थानिय स्तरमा डान्स सिकाउन थाले । आजको समयसम्म आइपुग्दा स्टुडियो व्यवस्थित रूपमा अगाडी बढ्न थालेको छ भने उक्त डान्सलाई निरन्तर रूपमा अगाडी बढाउन एक कार्यसमिति बनाइएको छ । जसमा पदाधिकारीहरु
१-दीपक साहनी (अध्यक्ष), २-सुर्य प्रशाद रिजाल (उपाध्यक्ष), ३- सुनिल केवट(सचिव), ४-दीपक हरिजन (सहसचिव), ५- मधु भर (कोषा अध्यक्ष ), ६- अमिषा जर्घा मगर (सदस्य) र ७-लेबिस्का कुमारी चौधरी (सदस्य) रहेको छ ।

कार्यसमितिद्वारा संचालित स्टुडियोमा डान्स सिक्ने करिब ५२ परीक्षार्थी रहेको छ भने डान्स मास्टरको रूपमा बिकास हरिजन, अनुष्का वर्मा, लेविस्का चौधरी, दिव्या चौधरी, अनिशा जर्घा मगर रहेका छन् । निशुल्क फाराम वितरण गरीरहेको स्टुडियोले नयाँ परीक्षार्थी भर्नाको लागि आवेदन खुल्ला राखेको छ भने जिल्लामा नृत्य क्षेत्रमा छुट्टै पहिचान कायम गर्न सफल ब्लु स्काई स्टुडियोको आजभोलि चौतर्फी विकासका लागि अाम जिल्लाबासीको एकातिर ध्यान दिन जरुरी छ भने अर्कोतिर नयाँ प्रतिभाको प्रस्फुटन गर्ने ठाउँको रुपमा विकास भइरहेको हुँदा युवाहरु हर्षित भएको भोजपुरी कलाकार रामजी प्रजापतिले बताएका छन् ।























