Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रुपन्देही बुटवलमा अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २३, २०७८ मा प्रकाशित

रुपन्देही । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ मा बेनी, तिलोत्तमा, बुटवल र बिरेन्द्रनगरले विजयी शुरुवात गरेका छन् ।

प्रतियोगितामा बेनी नगरपालिका, म्याग्दीले भिमदत्त नगरपालिका कंन्चनपुरमाथि २–० को सोझो सेटमा पराजित गरेको हो ।

यसैगरी दोस्रो खेलमा तिलोत्तमा नगरपालिकाले कोहलपुर नगरपालिकालाई २५–३, २५–७ अंकको सेटमा पराजित गर्दै स्पष्ट जित निकालेको छ । अर्को खेलमा आयोजक बुटवल उपमहानगरले गोदाबरी नगरपालिकालाई २५–१८, २५–४ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी विरेन्द्रनगर नगरपालिका, सुर्खेतले टिकापुर नगरपालिकामाथि २–१ को जित निकालेको छ ।

पहिलो सेटमा टिकापुरले २५–२३ को अग्रता लिएको थियो । दोस्रो र तेस्रो सेटमा खेलमा फर्कदै बिरेन्द्रनगर १३–२५, ११–१५ को अंकले जित निकाल्न सफल भयो । खेलको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गर्दै खेलको विकाससंगै युवा वर्गको विकास हुने बताइन् । नगर खेलकुद परिषदको स्थापना गरि बुटवलमा पूर्वाधार विकाससंगै विभिन्न खेलका प्रतियोगिता संचालनमा जोड दिएको उनले बताइन् ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी उपविजेता टिमले नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तृतिय टिमले नगद ३५ हजार रुपैया तथा चौथौ टिमलाई १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताए ।

लिग कम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा आयोजक बुटवल उपमहानगरपालिका सहित भिमदत्त नगरपालिका महेन्द्रनगर, टिकापुर नगरपालिका कैलाली, कोहलपुर नगरपालिका, विरेन्द्रनगर नगरपालिका सुर्खेत, तिलोत्तमा नगरपालिका, बेनी नगरपालिका म्याग्दी, पोखरा महानगरपालिका, सैनामैना नगरपालिका, वाणगंगा नगरपालिका गरि १० टिमले भाग लिएको उनले बताए । प्रतियोगिता ३ दिनसम्म चल्ने छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved