Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

तनहुँ ब्यास नगरपालिकाद्वारा कम विद्यार्थी भएका विद्यालय ‘मर्ज’ गरिने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २५, २०७८ मा प्रकाशित

दमौली । तनहुँ व्यास नगरपालिकाले कम विद्यार्थी भएका विद्यालयलाई मर्ज (एक आपसमा गाभिने) गर्ने निर्णय गरेको छ । नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नगरपालिकाभित्रका विद्यालयमा दरबन्दी कटौती गर्दै जाँदा विद्यालयमा कार्यरत शिक्षकको दरबन्दी मिलान गर्नुपर्ने भएकाले विद्यार्थी कम भएका विद्यालय गाभिने तयारी गरेको हो । साथै बालविकासमा न्यूनतम पाँच र अन्य तहगत आधारमा न्यूनतम १० भन्दा कम विद्यार्थी भएका विद्यालयलाई बालबालिकाको शिक्षा आर्जन गर्ने प्रत्याभूति गरी विद्यालय गाभिने निर्णय गरेको छ । उक्त कार्यका लागि नगरप्रमुख, उपप्रमुख र नगर शिक्षा अधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले बताउनुभयो ।

नगरपालिका कार्यालयले दुई वटा कार्यविधि र एक एक वटा निर्देशिका पारित गरेको छ ।प्राथमिक विद्यालयका शिक्षक दरबन्दी मिलानसम्बन्धी स्वेच्छिक अवकाश प्रोत्साहन वितरण कार्यविधि २०७८, अनुदान कोटामा शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७८ र स्थानीय कृषि बजार व्यवस्थापन निर्देशिका २०७८ पारित गर्ने निर्णय गरेको हो । साथै स्वेच्छिक अवकासका लागि २०७८ पुस मसान्तसम्म म्याद थप गर्नेसमेत निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत पण्डितले जानकारी दिनुभयो । यस नगरपालिकाभित्र बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्नका लागि आवश्यक कार्य अघि बढाउन नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीलाई जिम्मा दिने निर्णय गरेको छ ।

नगरपालिकाअन्तर्गतका कर्मचारीको तलब र अन्य सुविधा सफ्टवेयरमार्फत गर्न गराउन लेखा शाखालाई जिम्मा दिने निर्णय गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७८÷०७÷३० मा जारी ‘करार सेवामा कार्यरत कर्मचारीको कार्य सम्पादनस्तर मूल्याङ्कन तथा नयाँ अवधिको लागि करार सम्झौतासम्बन्धी मापदण्ड, २०७८’ जारी गरिसकिएको छ ।

नगरपालिकामा कार्यरत करार कर्मचारीको मूल्याङ्कन गर्न पुनरावलोकन कर्तामा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, समिति सदस्यमा वरिष्ठ इन्जिनियर राजु पौडेल, सुपरिवेक्षकमा वरिष्ठ अधिकृत रामचन्द्र हड्खलेलाई तोक्ने निर्णय गरेको छ । व्यास नपाभित्रका विद्यालयमा वार्षिक उत्सव गर्ने नाउँमा धेरै दिन विद्यालयमा पठन पाठन अवरुद्ध हुने गरिएको पाइएको सो बैठकबाट ध्यानाकर्षण भएको जनाइएको छ ।

हरेक विद्यालयले कोरोना महामारीको अवस्थालाई समेत मध्यनजर गरी तयारी एवं वार्षिक उत्सवलाई तीन दिन र वार्षिक उत्सव कार्यक्रम तीन घण्टाभित्र सामान्य तवरले सम्पन्न गर्नु गराउनुहुन शिक्षा शाखामार्फत विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । विभिन्न वडाबाट लागत सहभागिताका योजनाको माग भइरहेकाले सहरी वडामा न्यूनतम ३० प्रतिशत र ग्रामीण वडामा न्यूनतम २० प्रतिशत लागत सहभागिता रहने गरी रु २० लाखका पाँच र १० लाखका १० योजना रहेका छन् ।

उक्त योजनाको लागत स्टिमेट र सम्बन्धित वडाको सिफारिसका आधारमा पुस १० गतेभित्र टोल विकास संस्थामार्फत प्रस्ताव माग गर्ने गरी पूर्वाधार विकास तथा योजना विकास शाखालाई जिम्मा दिने निर्णय गरेको छ।कार्यालयको काममा बाधा नपर्ने गरी जनप्रतिनिधि र कर्मचारी भ्रमण प्रस्तावलाई व्यवस्थापन गर्न नगर उपप्रमुख मीरा जोशीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिए।

तनहुँ उद्योग वाणिज्य सङ्घले महोत्सवका लागि स्थान उपलब्ध गराउन माग गरेकामा माथिल्लो भतेरी उपलब्ध गराउने र जग्गा व्यवस्थापन र यातायात मार्ग व्यवस्थापन गर्न नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved