Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कक्षा १२ नतिजा विवादः १५ दिनभित्र पुनः उत्तरपुस्तिका परीक्षण गरेर नतिजा प्रकाशन गर्ने सहमति

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २९, २०७८ मा प्रकाशित

पोखरा । कक्षा १२ मा कानुन पढेका गण्डकीका आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच पुनः उत्तरपुस्तिका परीक्षण गरेर १५ दिनभित्र नतिजा प्रकाशन गर्ने सहमति भएको छ । संयुक्त विद्यार्थी संगठन, विद्यालयका प्रतिनिधिसमेतको उपस्थितिमा १५ दिनभित्र विद्यार्थीको उत्तरपुस्तिका पुनः परीक्षण गरेर नतिजा प्रकाशन गर्ने सहमति भएको हो ।

त्यस्तै उत्तरपुस्तिका पुनःपरीक्षणको माग गर्दै भएको आन्दोलनमा घाइते विद्यार्थीको निशुल्क उपचार गर्ने सहमति पनि भएको समाजवादी विद्यार्थी युनियनकी नेतृ आस्था नेपालीले जानकारी दिइन् । ‘नतिजा सकभर छिटो प्रकाशन गर्ने गरी लिखित सहमति भएको छ । कानुन संकायको पेपरको पुनःपरीक्षणको शुल्क पश्चिमाञ्चल र केफ क्याम्पसले नै तिरिदिने भएको छ,’ नेपालीले भनिन्, ‘बाँकी स्कुलहरुको विद्यार्थीले आफैं तिर्ने हो वा स्कुलले तिर्ने सहमति हुन बाँकी छ ।’

कक्षा १२ मा कानुन संकायको परीक्षा दिएका गण्डकी प्रदेशका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजामा असन्तुष्टि जनाउँदै मंसिर १९ गतेदेखि आन्दोलन शुरु गरेका थिए । आफूहरुले लेखेको भन्दा कम नम्बर दिइएको र जाँचकीले हेलचेक्र्याई गरेको विद्यार्थीले आरोप थियो । उत्तरपुस्तिका पुनःपरीक्षण हुनुपर्ने र यो प्रक्रियामा लाग्ने समय र शुल्कमा समेत पुनर्विचार गर्नुपर्ने माग राख्दै विद्यार्थीले आइतबार बोर्ड परिसरमा धर्ना दिएका थिए ।

धर्नाका क्रममा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेपछि केही विद्यार्थी घाइतेसमेत भएका थिए । गण्डकीका ७ वटा विद्यालयमा यसै वर्षदेखि कानुन संकायको पढाइ शुरु भएको थियो । ७ विद्यालयका करिब २ सय जना विद्यार्थीकै नतिजा आशातीत नआएपछि उनीहरुले उत्तरपुस्तिका पुनः परीक्षण गर्न माग राख्दै आएका हुन् । प्रदेशभरमै कानुन संकायमा उच्च ग्रेड ल्याउने विद्यार्थीको ग्रेड ‘बी प्लस’ मात्रै छ ।

धेरै विद्यार्थीको स्नातक पढ्न चाहिने न्युनतम ग्रेड पनि नआएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका थिए । प्रदेश परीक्षा व्यवस्थापन बोर्डले भने कम विद्यार्थी भएका विषयको उत्तरपुस्तिका केन्द्रमा पठाइएकाले नतिजाका विषयमा आफूहरुलाई जानकारी नभएको बताउदै आएको छ ।

कोरोना महामारीका कारण दुई पटकसम्म स्थगित भएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षा दिएको २ महिनापछि बोर्डले मंसिर १७ गते नतिजा प्रकाशन गरेको थियो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved