Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

हङकङमा निडर पत्रकारको छवि बनाएका राईको मृत्युबारे छानबिन माग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ५, २०७८ मा प्रकाशित

हङकङ । नेपाल भ्रमणमा गएका पत्रकार किसन राईको निधन शंकास्पद भएको भन्दै निष्पक्ष छानबिनका लागि माग गरिएको छ । किरात राई यायोक्खा हङकङको अग्रसरतामा अध्यक्ष चन्द्रका राई, महासचिव गंगाराम राईसहित अन्य संघसंस्थाका प्रतिनिधिलगायतले हङकङस्थित महावाणिज्य दूतावासको कार्यालयमा मागपत्र बुझाएका छन्।

पत्रमा उल्लेख भएअनुसार स्व. राईको शव प्रकृतिदेखि पोष्टमार्टम रिपोर्ट शंकास्पद देखिएको, घटनास्थल र सँगै गएका साथीहरूबारेमा स्पष्ट तथ्य बाहिर नआएकाले घटना थप रहस्यमय बन्दै गइरहेको छ। त्यसैले यथाशीघ्र छानबिन तथा सत्यतथ्य बाहिर ल्याउन महावाणिज्य दूतावासमार्फत नेपाल सरकारलाई माग गरिएको छ।

हङकङमा निडर पत्रकारको छवि बनाएका सामाजिक अगुवा राईको मृत्यु अस्वभाविक भएको भन्दै अनुसन्धानका लागि किरात याक्थुम चुम्लुङ, सुनुवार समाज, किरात याक्खा छुम्मा, तमु ट्हो ह्युल, शेर्पा क्यिदुक, तामाङ घेदुङ, चाम्लिङ खाम्बातिम, साम्पाङ जुम्लेखा, पुमा तुप्खाबाङखाला, वान्तवा खिम, थुलुङ सामा, कोयी किम, बायुङ सुम्रिखिम, दुमी फन्सिकिम र नेपाल सोसाइटी हङकङले सामूहिक प्रतिवद्धता जनाएका थिए। घटनाको अनुसन्धानकै लागि गैरआवासीय नेपाली संघ, हङकङ नेपाली महासंघ, नेपाली आदिवासी जनजाति महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाली पत्रकार महासंघ हङकङले पनि मागपत्र बुझाउने तयारी गरिरहेको जनजाति महासंघका उपाध्यक्ष कृष्णराज लाओतीले बताए।

यसअघि पनि स्व.राईको परिवारका तर्फबाट छोरा अरिम राईले घटनाको सूक्ष्म अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय खोटाङमा निवेदन दिएका थिए। पत्रकार राई कात्तिक ७ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडाको पंखु खोलानजिकै भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको थियो।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.