पर्सा । पर्सा जिल्लाको पर्सा गढी नगरपालिकामा शैक्षिक संस्था तथा सहकारी संस्थाहरुका लागि कम्प्युटर बितरण गरेको छ।
पर्सागढी नगरपालिकाको नगर प्रमुख लोकनारायण यादवको प्रमुख अतिथि तथा बिशिष्ट अतिथि नगर उप प्रमुख अर्चना चौधरीको बिशेष उपस्थितीमा कम्प्युटर बितरण गरिएको हो ।
पर्सा गढी नगरपालिकाको नगर भित्र रहेका शैक्षिक संस्था तथा सहकारी संस्थालाई १६ थान कम्प्युटर सेट बितरण गरिएको हो । कम्प्युटर बितरण गर्दै नगर प्रमुख लोकनारायण यादवले प्राविधिक युग भएका हुनाले कम्प्युटर बितरण गरिएको साथै कम्प्युटरको प्रयोग गरी प्राविधिक बिद्यालय बनाउन बताउनु भयो । कम्प्युटर लाइ प्रयोग गरी ब्यवहारमा उतार्न समेत आग्रह नगर प्रमुख यादवले आग्रह गरेका थिए।
साथै नगर उप प्रमुख अर्चना चौधरीले कम्प्युटर बितरण गर्दै कम्प्युटरबाट धेरै कुराहरु सिक्न सकिने र कम्प्युटर प्रविधिको युग भएका हुनाले यसलाई सहि सदुपयोग गरि चलाउन आग्रह गरिन ।
कम्प्युटर बितरण कार्यक्रममा सहभागी शिक्षकहरुले आ आफ्नो मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा बिद्यालयमा भौतिक पूर्वाधारको कमि कमजोरीहरुको बारेमा शिक्षकहरुले धारणा राखेका थिए । त्यसै क्रममा सहकारी संस्थाका प्रतिनिधिले नगरपालिकाले कम्प्युटर बितरण गर्न लागेकोमा धेरै खुसी भएको बताउदै, कम्प्युटरद्वारा सहकारी संस्था समबन्धि कार्यक्रमको तालिम संचालन गर्न नगर प्रमुखलाई आग्रह गरेका थिए।
कम्प्युटर बितरण कार्यक्रममा नगर प्रमुख लोकनारायण यादवको प्रमुख अतिथि तथा बिशिष्ट अतिथि नगर उप प्रमुख अर्चना चौधरी लगायत नगर सहकारी प्रमुख, नगर योजना प्रमुख प्रदिप चौरसिया लगायत नगरपालिकाका कर्मचारी तथा पत्रकार राहुल कुमार गुप्ता र पवन प्रसाद साह लगायतको उपस्थिति रहेको थियो।























