Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

एसइई खारेज गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ९, २०७८ मा प्रकाशित

काठमाडौ । संसद्को ‘शिक्षा तथा स्वास्थ्य समिति’ले एसइई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले समितिले यसअघि २९ जेठ ०७७ मै एसइई खारेज गर्न दिएको निर्देशन कार्यान्वयन गर्न पुनः निर्देशन दिएको हो ।

समितिले गत २९ जेठमा भनेको थियो, ‘कोरोना संक्रमणले ल्याएको संकटपूर्ण अवस्थामा यो वर्षका लागि एसइई परीक्षा सञ्चालन नगर्ने निर्णय उपयुक्त छ । संविधान र कानुनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकाले यस वर्षका लागि स्थगित भएको एसइई परीक्षालाई सधैँका लागि हटाएर कक्षा १० का परीक्षा स्थानीय तहबाट सञ्चालन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको परीक्षा हुने गरी आवश्यक कानुनी व्यवस्था गर्नू ।’

समितिको बिहीबारको बैठकले बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध गराउन मन्त्रालयलाई ध्यानाकर्षणसमेत गराएको छ । समितिले संघीय शिक्षा विधेयक छिटो ल्याउन सरकारलाई आग्रह गरेको छ । मेडिकल कलेजको सन्दर्भमा सरकारलाई समितिको निर्देशन छ, ‘मेडिकल कलेजहरूले बढी शुल्क लिइरहेको सम्बन्धमा सत्य–तथ्य बुझी समस्या समाधान गर्नू ।’

पाठ्यक्रम विकास केन्द्रको बेवास्ताले चार लाख विद्यार्थीले ग्रेडसिट पाउन सकेनन्
पाठ्यक्रम विकास केन्द्रको समयमै काम गर्न नसक्दा नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ को परीक्षा दिएर १२ मा पढिरहेका विद्यार्थीले ग्रेडसिट पाउन सकेका छैनन् । सैद्धान्तिक र प्रयोगात्मकको क्रेडिट आवर निर्धारण नहुँदा उनीहरू ग्रेडसिट पाउनबाट वञ्चित भएका हुन् । ग्रेडसिट नहुँदा कक्षा १२ को परीक्षा फारम खुलेको एक महिनासम्म पनि विद्यार्थीले भर्न पाएका छैनन् ।

पाठ्यक्रम निर्माण गर्दा नै टुंग्याउनुपर्ने विषय झन्डै दुई वर्षसम्म पनि अन्योलमा छ । यसका कारण झन्डै चार लाख विद्यार्थीले ग्रेडसिट पाएका छैनन् भने विद्यालय तथा अभिभावक नै अन्योलमा छन् । अहिलेको व्यवस्थाअनुसार कक्षा ११ उत्तीर्ण भएपछि मात्र १२ मा भर्ना हुन पाउँछन्, तर अहिले विद्यार्थीले परीक्षा दिए पनि आधिकारिक नतिजा र ग्रेडसिटविना १२ मा पढिरहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडसिटविना १२ को परीक्षा फारम बुझ्दैन । राष्ट्रिय परीक्षा बोर्ड काठमाडौं प्रमुख जयन्ती सत्यालले कक्षा ११ मा पास नभएकाले १२ को फारम भर्न नसक्ने बताइन् । अहिले विद्यार्थी र अभिभावकले ग्रेडसिट नपाएको विषयमा दिनदिनै गुनासो आउने गरेको उनले जानकारी दिइन् । ‘विद्यार्थी र अभिभावकले ग्रेडसिटका लागि हामीलाई दबाब दिइरहनुभएको छ, तर त्यो हामीबाट टुंगिने विषय होइन, बोर्डबाट सुझाव गइसकेको छ । ग्रेडसिटका लागि क्रेडिट आवर पाठ्यक्रम विकास केन्द्रबाट टुंगिएर आउनुपर्ने हो, तर सबैले राष्ट्रिय परीक्षा बोर्डमा सोधिरहेका छन्,’ बोर्ड काठमाडौं कार्यालय प्रमुख सत्यालले भनिन् ।’ नयाँपत्रीकाबाट

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved