Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

शिक्षामा १ देखि १२ सम्म एउटै मापदण्ड, ३५ प्रतिशत अंक प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १२, २०७८ मा प्रकाशित

काठमाडौँ, पुस १२ गते । विद्यालय तहका परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने भएका छन् । ३५ प्रतिशतले स्तरीकृत अङ्क (जीपीए) १.६ लाई जनाउँछ ।

२०७२ सालबाट लागू गरिएको अक्षराङ्कन पद्धतिका कारण विद्यार्थीको सिकाइमा समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अक्षराङ्कन निर्देशिका, २०७८ जारी गरेको छ । निर्देशिकाले माथिल्लो तहमा अध्ययन गर्न ३५ प्रतिशतलाई आधार बनाएको छ ।

मन्त्रालयका सहसचिव दीपक शर्माले भन्नुभयो, “नयाँ व्यवस्थाले विद्यार्थीको सिकाइमा सुधार ल्याउने विश्वास गरेका छौँ । विगतमा अनुत्तीर्ण भनी प्रमाणपत्रमा उल्लेख नहुँदा विदेश गएर पनि उच्च शिक्षामा भर्ना हुन्थे । तर अब ३५ प्रतिशतभन्दा कम प्राप्ताङ्क ल्याउनेहरू माथिल्लो कक्षामा भर्नाका लागि अयोग्य ठहरिन्छन् ।”

निर्देशिकाले नयाँ ग्रेड निर्धारण गरेको छ । नयाँ मापदण्डमा विगतमा प्रयोग हुँदै आएको ‘ई’ र ‘डीप्लस’ हटाइएको छ । ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीको प्रमाणपत्रमा अवर्गीकृत (नट ग्रेडेड) उल्लेख गरिनेछ । अनुत्तीर्ण भनेर प्रमाणपत्रमा उल्लेख नभए पनि अवर्गीकृत उल्लेख भएका प्रमाणपत्रका आधारमा माथिल्लो तहमा भर्ना पाइने छैन ।

निर्देशिकाले सर्वाेत्तम (जीपीए ४.०), अत्युत्तम (जीपीए ३.६), उत्कृष्ट (जीपीए ३.२), उत्तम (जीपीए २.८), सन्तोषजनक (जीपीए २.४), ग्राह्य (जीपीए २.०) र आधारभूत (जीपीए १.६) गरी आठवटा अक्षरगत स्तरमा सूचित गरेको छ । विद्यार्थीले परीक्षामा विषयगत रूपमा सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ र आन्तरिक (प्रयोगात्मक) तर्फ न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेकै हुनुपर्छ ।

मन्त्रालयका प्रवक्ता शर्माले निर्देशिकाअनुरूप विद्यालय तहका सम्पूर्ण कक्षामा विद्यार्थीको मूल्याङ्कन गरिने बताउँदै भन्नुभयो, “कक्षा ८, कक्षा १० र कक्षा १२ को सम्बन्धित निकायले मूल्याङ्कन गर्नेछ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved