Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भारत सरकारले गर्‍यो मदर टेरेसाको च्यारेटीको बैंक अकाउन्ट बन्द

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १३, २०७८ मा प्रकाशित

एजेन्सी । भारत सरकारले मदर टेरेसाको पश्चिम वंगालस्थित मिसिनरिज अफ च्यारेटी (एमओसी) को बैंक अकाउन्ट बन्द गरेको छ । दक्षिणपन्थी हिन्दु समूहहरूले देशका विभिन्न स्थानमा क्रिसमसका कार्यक्रमहरूलाई बिथोलेको विवरण सार्वजनिक भइरहेका बेला एमओसीको अकाउन्ट बन्द गरिएको हो ।

हिन्दुवादी विशेष गरी मोदीको उत्तर प्रदेशस्थित मोदीको निर्वाचन क्षेत्रमा क्रिश्चियनविरुद्ध जाइलागेका छन् । आगामी फ्रेब्रुअरीमा उत्तर प्रदेशमा विधान सभा निर्वाचन हुँदैछ । दान दिने नाममा मिसिनरिज अफ च्यारेटीले धार्मिक कार्यक्रम सञ्चालन गरेर गरिब हिन्दु तथा अल्पसङ्ख्यक जनजातिलाई पैसा र निःशुल्क शिक्षा तथा आवास प्रदान गरेको भन्दै भारतीय जनता पार्टी (भाजपा)ले च्यारेटीको विरोध गर्दै आएको छ ।

इजाजत नवीकरणका लागि च्यारेटीले गरेको निवेदन अस्वीकार गरिएको गृह मन्त्रालयले जनाएको छ । इजाजत नवीकरण नभए च्यारेटीले विदेशबाट कानुनी रूपमा रकम निकास गर्न सक्दैन । च्यारेटीको निवेदन नवीकरणलाई मनन गर्दा ‘प्रतिकूल परिणाम’ देखिएको मन्त्रालयले जनाएको छ । यसबारे मन्त्रालयले प्रस्ट रूपमा उल्लेख गरेको छैन ।

ममता बनर्जीकाे विरोध

मदर टेरेसाको मिसिनरिज अफ च्यारेटीको बैंक अकाउन्ट बन्दको खबरले आफू चकित परेको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बताएकी छिन् । मोदी सरकारको प्रमुख आलोचकसमेत रहेकी बनर्जीले ‘अकाउन्ट बन्द हुँदा २२ हजार बिरामी र कर्मचारी खाना र औषधीबाट वञ्चित भएका छन् । मानवीय प्रयत्नसँग कुनै पनि सम्झौता गर्न सकिदैन,’ भन्दै ट्विट गरेकी छिन् ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.