Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

चुनौतीको सामना गर्न नै नेपाल आएको हुँ : प्रशिक्षक पुबुदु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १३, २०७८ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफू चुनौतीको सामना गर्न नेपाल आएको बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिममा पुबुदुको यो दोस्रो कार्यकाल हो ।

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए । विमानस्थलमा पुबुदुले आफू चुनौतीको सामना गर्न तयार रहेको बताए । नेपालले आउँदो फेब्रुअरी १५ मा टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । त्यसकै प्रशिक्षणका लागि पुबुदु नेपाल आएका हुन् ।

समूह ‘ए’ मा रहेको नेपालले ओमानमा आयोजकसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिफिन्स र यूएईविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्नुपर्नेछ । यस्तो अवस्थामा पुबुदु दोस्रो कार्यकाल सम्हाल्न नेपाल आइपुगेका छन् । ‘‘यो सबै चुनौती स्वीकार गरेर नै मैले नेपालको प्रशिक्षक बन्ने निर्णय गरेको हुँ । त्यसका लागि म तयार छु,’’ उनले विमानस्थलमा भने ।

यसअघि, सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक रहेका पुबुदुले पछिल्लो समय अमेरिकाको प्रशिक्षण सम्हाल्दै आएका थिए । पुबुदुलाई क्यानले गएको महिना खुला प्रतिस्पर्धामार्फत अनुबन्ध गरेको थियो । पछिल्लो समय क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई बर्खास्त गरेर सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको छ ।

साथै, ज्ञानेन्द्र, दीपेन्द्रसिंह, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको छ । त्यसपछि क्यान र खेलाडीबीच तिक्तता बढेको छ । त्यस विषयमा क्यानमै पनि दुई धार छ । यस्तो अवस्थामा दोस्रो कार्यकाल पुबुदुका लागि थप चुनौती बन्नेछ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved