Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकका लागि दरर्खास्त आह्वान

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १४, २०७८ मा प्रकाशित

काठमाडौ, पुष १४ । शिक्षकका लागि ठूलो संख्यामा विज्ञापन खुलेको छ। शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा गरी १७ हजारभन्दा बढी शिक्षकका लागि दरर्खास्त आह्वान गरेको छ।

आयोगका अनुसार प्राथमिक तहका लागि १३ हजार ९३ शिक्षकका लागि विज्ञापन गरिएको छ । यस्तै निम्नमाध्यमिक तहका लागि २५ सय ९७ र माध्यमिक तहका लागि १५ सय ४७ शिक्षकको विज्ञापन आह्वान गरिएको छ ।

आयोगले तीन वर्षपछि शिक्षकको खुला पदमा विज्ञापन गरेको हो। यसअघि आयोगले २०७५ असारमा खुलातर्फको विज्ञापन गरेको थियो। त्यसपछि कार्यरत अस्थायीलाई स्थायीका लागि विज्ञापन खुलाइए पनि खुलाका लागि विज्ञापन गरिएको थिएन।

मंसिर २९ गते खुलाइएको माध्यमिक शिक्षकको विज्ञापनमा नेपालीमा २३१, अंग्रेजीमा ३१२, गणितमा २८९ पदका लागि विज्ञापन गरेको छ। यस्तै विज्ञानमा ४३५, सामाजिक अध्ययनमा २०१ र अर्थशास्त्रमा १० जनाका लागि विज्ञापन मागिएको छ।

आयोगका अनुसार कार्यालय सञ्चालन र लेखामा ५१, शिक्षामा १, शुक्लयजुर्वेदमा २, स्वास्थ्यमा २, संस्कृत व्याकरणमा २ जना मागिएको छ। संस्कृत भाषामा २, संस्कृत साहित्यमा १, कम्प्युटर विज्ञानमा ६, न्यायमा १ जनामा विज्ञापन खुलाइएको छ । आयोगले परिवर्तित पाठ्यक्रमअनुसार परीक्षा लिन लागेको हो । प्रत्येक तहमा वस्तुगत प्रश्न ९सामान्य परीक्षा० १०० पूर्णाङ्क र विषयगत १०० पूर्णाङ्क तोकिएको छ।

आयोगले पहिलोपल्ट २०० पूर्णाङ्कको परीक्षा लिन लागेको हो । यसअघि ४० पूर्णाङ्कको वस्तुगत र ६० पूर्णाङ्कको विषयगत परीक्षा लिइन्थ्यो। विषयगत पाठ्क्रममा आफूले चाहेको विषयमा १०० पूर्णाङ्कका लागि परीक्षा दिनुपर्नेछ। यसमा लामो र विश्लेषणात्मक उत्तर आउने प्रश्न सोधिनेछ।

सामान्यततर्फ सामान्य ज्ञान राखिएको छ। सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्र विषयगत परीक्षा दिनुपर्ने व्यवस्था आयोगले गरेको छ। सामान्य परीक्षा १०० पूर्णाङ्कको हुनेछ। सामान्य परीक्षा उत्तीर्ण भएपछि मात्र विषयगत परीक्षामा सहभागी हुन पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ।

यसअघि शिक्षासम्बन्धी सामान्य जानकारी, नेपालको शैक्षिक इतिहास, सार्कलगायत अन्य केही मुलुकका शिक्षासम्बन्धी जानकारी, नेपालको संविधान र शिक्षासम्बन्धी ऐननियम तथा सिकाइसम्बन्धी सामान्य जानकारी मात्र अध्ययन गरे हुन्थ्यो। परिमार्जित पाठ्यक्रमअनुसार सामान्य परीक्षाको पाठ्यक्रमको दायरा निकै फराकिलो बनाइएको छ।

माध्यमिक तहमा वस्तुगततर्फ ब्रह्माण्डको जानकारी, विश्वको भूगोल, नेपालको भूगोल, नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थाबारेमा अध्ययन गर्नुपर्नेछ।यस्तै नेपालको आर्थिक विकास, वातावरण, विज्ञान र प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघसंस्थाको पनि सामान्य ज्ञान हासिल गर्नुपर्नेछ।

आयोग परीक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिक लगायत समसामयिक घटनाबाट पनि प्रश्न सोधिनेछ। यसका लागि ४० पूर्णाङ्क तोकिएको छ । यस्तै शिक्षा सम्बन्धी आधारभूत ज्ञानतर्फ शिक्षाको परिचय र नेपालको शैक्षिक विकास, शिक्षा मनोविज्ञान, सिकाइ प्रक्रिया र सिकाइका सिद्धान्तबाट प्रश्न सोधिनेछ।

परीक्षार्थीले पाठ्यक्रम तथा पाठ्यपुस्तक, शिक्षण सिकाइ योजना, विधि र शिक्षण सामग्री, मूल्यांकन र परीक्षा, शैक्षणिक व्यवस्थापन र शैक्षणिक संगठन, शिक्षक पेसागत विकास र शैक्षिक अनुसन्धानबारे पनि ज्ञान हासिल गर्नुपर्नेछ। यसका लागि २४ पूर्णाङ्क तोकिएको छ । अबदेखि शिक्षक परीक्षामा सामान्य बौद्धिक परीक्षण पनि गरिने भएको छ। त्यसअन्तर्गत शाब्दिक बौद्धिक परीक्षण, गणितीय क्षमता, स्थानिक तार्किक सीप, दृश्यात्मकरधारणात्मक सीप राखिएको छ। यसका लागि १६ पूर्णाङ्क तोकिएको छ। यस्तै सूचना तथा सञ्चार प्रविधितर्फ १० पूर्णाङ्क र संविधान, शिक्षासम्बन्धी ऐननियमका लागि १० पूर्णाङ्क कायम गरिएको छ।

यस्तै आयोगले निम्‍न माध्यामिक तहमा रिक्त शिक्षक पदपूर्तिका लागि १० विषयमा गरी २५ सय ९८ जना शिक्षकको विज्ञापन आह्वान गरेको हो । आयोगका अनुसार पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिनेछ।

केन्द्रले यसअघि पठाएको विवरणमा थप गरेर निमावि शिक्षकको विज्ञापन खुलाएको हो। आयोगले विज्ञापन भएको मितिले २१ दिन भित्र संख्या थप गर्न सकिने पनि जनाएको छ। नेपाली विषयमा ४३७, अङ्ग्रेजीमा ६२४, गणित र विज्ञानमा ३६४, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३ लगायत पद संख्यामा शिक्षक माग गरिएको छ । विवरण तल लिङ्क क्लिक गरि हेर्नू होला ।
https://drive.google.com/file/d/15vHCwVY8lY2eyG02vwIeHDdcHvnJjyCs/view

ताजा समाचारहरु

FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.