Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

ओमिक्रोन र डेल्टा मिलेर संसारमा ल्याइरहेको छ कोरोनाको खतरनाक सुनामी : डब्लूएचओ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १५, २०७८ मा प्रकाशित

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर संसारमा कोभिड–१९ को नयाँ संक्रमितको खतरनाक सुनामी ल्याइरहेको बताएको छ ।

डब्लूएचओका प्रमुख टेडरोस एडनोम गेब्रियासिसको यो बयान यस्तो समयमा आएको छ जब अमेरिका र युरोपमा कोरोना संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भइरहेको छ ।

गेब्रियासिसले भने, ‘विश्वभरिका स्वास्थ्य प्रणाली पहिले नै आफ्नो क्षमताभन्दा अघि बढेर काम गरिरहेका छन् । त्यसपछि डेल्टा र ओमिक्रोन जस्ता दुई खतरापूर्ण संक्रमणको आंकडा कीर्तिमानी उचाइसम्म पुुग्ने छ । यसले अस्पताल भर्ना हुने दर र मृत्यु दर बढ्ने छ ।’

डब्लूचएओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथमका अनुसार उपलव्ध खोप ओमिक्रोनको बिरुद्धमा अझै प्रभावकारी रहँदै आएको छ । शरीरको विद्यमान टी सेल इम्युनिटी नयाँ भेरियन्टसँग लड्न सक्छ ।

उनले भनिन्,‘खोप अझैपनि प्रभावकारी प्रमाणित भइरहेको छ । यद्यपि फरक–फरक खोपको प्रभाव फरक–फरक छ । डब्लूएचओको आपतकालिन प्रयोग सूचीमा रहेका सबै खोप अधिकांश गम्भीर बिमारी रोक्न र डेल्टा भेरियन्टसँग बिरुद्धमा सुरक्षा प्रदान गर्नमा सक्षम रहँदै आएका छन् ।

फ्रान्समा १ दिनमा २ लाख भन्दा पनि बढी संक्रमित, प्रत्येक सेकेन्डमा दुई जना पोजिटिभ

न्युयोर्क टाइम्सको बुधबार राती जारी आंकडा अनुसार फ्रान्समा २४ घन्टाको अवधिमा कुल २ लाख ८ हजार नयाँ संक्रमित थपिएका छन् । ओमिक्रोन संक्रमितको छुट्टै जानकारी भने दिइएको छैन । फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभर वेरनले भने,‘यतीका संक्रमित देखेर हामी हामी हैरान भएका छौँ । यसको मतलब यो हो कि प्रत्येक सेकेन्डमा हाम्रो देशमा दुई मानिस पोजिटिभ आएका छन् ।’

डब्लूएचओका अनुसार पछिल्लो सात दिनमा कोभिड–१९ का संक्रमितमा ११ प्रतिशत वृद्धि भएको छ ।

यो आंकडा २० देखि २६ डिसेम्बर बीचको हो । मृत्युको आंकडामा पनि धेरै अन्तर आएको छैन । अक्टोबरपछि विस्तारै विस्तारै बढ्न सुरु भयो । अमेरिकामा अझैपनि धेरै संक्रमितहरु रहेका छन् । यसपछि बेलायत, फ्रान्स, इटाली र जर्मनीमा बढी संक्रमित रहेका छन् । गत साता कुल ४४ हजार संक्रमितको मृत्यु भएको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.