काठमाडौं । नेपाली कथानक चलचित्र ‘कठपुतली’ आजबाट प्रदर्शनमा आएको छ ।
चलचित्रमा परिवार परित्याग गरेको एक राजकुमार दरबारमा रहँदा सामना गर्नुपरेका रहस्य तथा अदृश्य शक्तिबाट बच्नका लागि गरेको संघर्षको हरर कथा समावेश गरिएको छ ।
चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, स्वस्तिमा खड्का, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालालगायत कलाकारहरुको अभिनय रहेको छ ।
पृथ्वी राना मगरले निर्माण गरेको उक्त चलचित्रलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । कठपुतलीको कथावस्तु भने सम्पदा मल्लले कथा लेखेकी हुन् ।























