Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कारबाहीमा परेका चार असन्तुष्ट क्रिकेट खेलाडी प्रशिक्षणमा सहभागी हुन तयार

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १८, २०७८ मा प्रकाशित

काठमाडौं, पुस १८ । नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेका कप्तान ज्ञानेन्द्र मल्लसहित चार असन्तुष्ट खेलाडी राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका छन् ।

आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दशानायके र कप्तानबाट हटाइएका खेलाडी ज्ञानेन्द्र मल्लसहितको छलफलपछि खेलाडीहरु यथावस्थामा नै बन्द प्रशिक्षणमा फर्किन तयार भएका हुन् । तर उनीहरुले निर्णय भने दिइसकेका छैनन् । उनीहरुले सोमबारसम्म निर्णय दिने बताएका छन् ।

अध्यक्ष चन्दका अनुसार क्यानले खेलाडीहरु मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई ६ महिनासम्म सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने क्यानको निर्णय फिर्ता हुने बताए । खेलमा कप्तान भने सन्दीप लामिछाने नै रहने उनको भनाइ छ । ‘अब भोलिदेखि खेलाडीहरु क्याम्पमा आउनेछन्’ उनले भने ।

उनका अनुसार क्यानले सन् २०२२ को ६ महिनाको सेन्ट्रल कन्ट्रयाक्ट गर्दा खेलाडीहरुसंँग सल्लाह गर्ने पनि बताए । क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानबाट हटाउनुका साथै उनीहरु दुईसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सेन्ट्रल कन्ट्र्याक्टबाट हटाउने निर्णय गरेको थियो ।

साथै कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको थियो । यो विषय लिएर खेलाडी र क्यानबीच विवाद निकै बढेको थियो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved