रामजी प्रजापति
नवलपरासी, पुस १९ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेकाे द कन्टेन्ट नेपाल स्टुडियोले स्थानीय कलाकारहरुमा रहेकाे कलालाई विभिन्न फिल्म, भाेजपुरी गीत र थारु गीत मार्फत जिल्लामा प्रस्तुति दिदै उदाई रहेकाे छ ।
थारु, भाेजपुरी र नेपाली भाषालाई समेटेर दर्जनाै भिडियाे र गीतहरु बजारमा ल्याई सकेकाे द कन्टेन्ट नेपालका प्रबन्धक भुपेन चाैधरीले बताएका छन् । द कन्टेन्ट नेपालले हिन्दी फिल्म (मिस्त्री), भाेजपुरी सर्ट मुभी (आल्तु फाल्तु), नेपाली सर्ट मुभी (दीक्षा), मदानीमा घ्यु नेपाली गीत, थारु गीत (सनन सनन) काे अपार सफलतापछि पुन: थारु गीत “नैनासे नैना मिलाके” बाेलकाे गीत यहि माघ ५ गते बजारमा ल्याउने प्रबन्धक चाैधरीले बताए ।
अहिले आउन लागेकाे “नैनासे नैना” बाेलकाे गीतमा आवाज भुपेन चाैधरी र अन्नु चाैधरीकाे रहेकाे छ । लेखक र कम्पाेज भुपेन चाैधरी नै रहेका छन् । म्युजिक अरेन्ज लाेक जी मिजारकाे रहेछ भने गीतकाे मिक्सिङ्ग साजन शाहले ए प्लस स्टुडियोबाट गरेका छन् ।
भिडियाेमा अशाेक के परियार, उषा चाैधरी, रुदल चाैधरी र अस्मिता चाैधरीकाे अभिनय रहेकाे छ । भिडियोकाे डाइरेक्टर, क्यामरा, ईडिट र कलर भुपेन चाैधरीले गरेका छन् । क्यामरा असिस्टेन्ट नवीन चापागाईंले गरेका छन् भने काेरियाेग्राफी अभिषेक सेन ठकुरी र अशाेक के परियारले गरेका छन् । साथै यसमा मिडिया पाटनरकाे रुपमा नवलपुर टुडे, भैरव खबर र कलाकार रामजी प्रजापतिकाे सहयाेग रहेकाे छ ।























