Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

उत्तर कोरियाद्वारा हाइपरसोनिक मिसाइल सफलतापूर्वक परीक्षण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २२, २०७८ मा प्रकाशित

बीबीसी । उत्तर कोरियाले बुधबार सफलतापूर्वक हाइपरसोनिक मिसाइल (क्षेप्यास्त्र) परीक्षण गरेको उत्तर कोरियाली सरकारी समाचार संस्थाले जनाएको छ । यसअघि, दक्षिण कोरियाली र जापानी अधिकारीहरूले बुधबार प्रक्षेपण गरेको अस्त्र ब्यालिस्टिक मिसाइल हुन सक्ने अनुमान गरेका थिए ।

यो उत्तर कोरियाको यस वर्षको प्रमुख हतियार परीक्षण हो । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले सो मिसाइलले ७०० किलोमिटर टाढाको लक्ष्यलाई ‘ठिकसँग प्रहार’ गर्ने जनाएको छ । यो हाइपरसोनिक मिसाइलको दोस्रो परीक्षण हो । यसलाई पत्ता लगाउन ब्यालिस्टिक मिलाइललाई भन्दा बढी समय लाग्छ ।

उत्तर कोरियाली नेता किम जोङ–उनले प्योङयाङको प्रतिरक्षालाई बलियो बनाउने वाचा गरेअनुसार यो परीक्षण गरिएको हो । नयाँ वर्षको सम्बोधनमा किमले कोरियाली प्रायद्वीपमा अस्थिर सैन्य वातावरण बढिरहेकोले प्योङयाङले रक्षा क्षमता बलियो बनाउने कार्यलाई निरन्तरता दिने बताएका थिए ।

दक्षिण कोरिया र अमेरिकासँगको वार्ता स्थगित भएपछि उत्तर कोरियाले गत वर्ष विभिन्न प्रकारका मिसाइलहरू परीक्षण गरेको थियो । यो हतियार विकास गर्ने प्रयासमा प्योङयाङ अमेरिका र चीनलगायत थोरै संख्यामा रहेका देशहरूसँग जोडिएको छ ।

पछिल्लो प्रक्षेपण सिओलमा रक्षा अधिकारीहरूले पुष्टि गर्नुअघि पहिलोपटक जापानी तटरक्षकले बुधबार सबेरै पत्ता लगाएको थियो । हाइपरसोनिक हतियारहरू सामान्यतया ब्यालिस्टिक मिसाइलभन्दा कम उचाइबाट जान्छ र ध्वनिको गतिभन्दा पाँच गुणा छिटो आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ । यसको गति ६ हजार २०० किलोमिटर प्रतिघण्टा हुन्छ ।

प्योङयाङले कोरोनाभाइरसका कारण नाकाबन्दी गरेको छ । यसले गर्दा उसको अर्थतन्त्रमा गम्भीर असर परिरहेको छ । र, उसले खाद्यान्न अभावसँग संघर्ष गरिरहेका बेला पछिल्लो परीक्षण गरेको हो ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.