Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

चितवन महोत्सव तयारी ९५ प्रतिशत पूराः पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २३, २०७८ मा प्रकाशित

चितवन, पुस २३ । यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । यही पुस २५ गतेदेखि सुरु हुने महोत्सव माघ ४ गतेसम्म चल्नेछ । उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा १३औँ संस्करणको चितवनको महोत्सव हुन लागेको हो । महोत्सव तयारीको काम ९५ प्रतिशत भन्दा बढी पूरा भइसकेकोको छ ।

महोत्सव स्थलमा स्टल निर्माण, महोत्सवको मूल गेट निर्माण, सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं महोत्सव मूल समिति संयोजक राजु श्रेष्ठले बताउनुभयो ।

विस २०५३ सालदेखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको भए पनि अघिल्लो वर्ष हुनुपर्ने महोत्सव कोरोनाका कारण एक वर्ष पछाडि धकेलिएको हो । महोत्सवको टिकटसँगै सबैलाई मास्क प्रदान गरिने भन्दै अध्यक्ष श्रेष्ठले महोत्सवको प्रवेशद्वारमा मास्क र स्यानिटाइजर राखिने बताउनुभयो ।

महोत्सवमा रहने सम्पूर्ण स्टरहरु बिक्री भइसकेको श्रेष्ठले जानकारी दिनुभयो । यस पटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टै छुट्टै परिसर रहने श्रेष्ठले बताउनुभयो । महोत्सव परिसरमा २० वटा रेष्टुरेन्ट रहने भन्दै श्रेष्ठले सबैको बुकिङ पूरा भएको जानकारी दिनुभयो ।

विशेष गरी चितवनको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यस पटक महलाई प्रवद्र्धन गर्नेगरी मौरीको डमी महोत्सव भित्र राखिने श्रेष्ठले बताउनुभयो । खानेपानी र शौचालयको व्यवस्थापनका लागि काम भइरहेको भन्दै अध्यक्ष श्रेष्ठले महिलाहरुका लागि क्याविन शौचालय निर्माण गरिने बताउनुभयो ।

महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्री सहित रहेका छन् । नेपालमा उत्पादन भएका सामग्रीहरुलाई प्राथमिकताका साथ राखेर तिनीहरुको प्रवद्र्धन र विकासमा १३औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको श्रेष्ठले बताउनुभयो । महोत्सवमा चारवटा विशेष र डोमसहित ३५० वटा स्टल रहनेछन् । सबै स्टलको बीमा गरिनेछ । महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पोल्ट्री र उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुनेछन् ।

दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिने आयोजकले जनाएको छ ।
महोत्सव अवलोकन गर्न सर्वसाधारणले रु ५० र विद्यार्थीले रु २५ को टिकट काट्नुपर्नेछ । ज्येष्ठ नागरिक, एकल महिला, शहीद परिवार र अपाङ्गता भएका व्यक्तिको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ ।

महोत्सव अवधिभर विभिन्न छ वटा विधामा गोष्ठी तथा अन्तरक्रिया हुने चितवन महोत्सवका गोष्ठी संयोजक राजेन्द्र ओलीले जानकारी दिनुभयो । चितवन महोत्सवको अवसरमा पुस २७ गते कृषि सम्बन्धी, पुस २८ गते उर्जा सम्बन्धी, पुस २९ गते पोल्ट्री सम्बन्धी, ३० गते पर्यटन सम्बन्धी, माघ २ गते कविता प्रतियोगिता तथा साहित्यिक र माघ ३ गते महिला उद्यमी सम्बन्धी गोष्ठी हुने ओलीले बताउनुभयो । गोष्ठी संयोजक ओलीकाअनुसार उद्योग वाणिज्य संघ चितवनको सभाहलमा बिहान ११ बजेदेखि गोष्ठी सुरु हुनेछ । गोष्ठीका क्रममा विषय विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिनुका साथै छलफल र अन्तरक्रिया हुनेछ ।

महोत्सव प्रचार प्रसार समिति संयोजक सुमन श्रेष्ठले महोत्सवको उद्घाटन पुस २५ गते पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताउनुभयो ।

त्यस्तै महोत्सवको समापन गर्न माघ ४ गते वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे आउने श्रेष्ठले जानकारी दिनुभयो ।

ताजा समाचारहरु

IMG_0278

जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम स...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.