काठमाडौं, पुस २३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरेको छ । विहीबार बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नजिता प्रकाशित गरेको हो ।
परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए । जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी सम्मीलित थिए । परीक्षामा जम्मा दुई हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
























