काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ – राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ६० पैसा र बिक्री दर ११९ रुपैयाँ २० पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३४ रुपैयाँ २० पैसा र बिक्री दर १३४ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्री दर १६१ रुपैयाँ ६० पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ७५ पैसा र बिक्री दर १२९ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ८८ पैसा र बिक्री दर ८५ रुपैयाँ ३१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ७७ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ २४ पैसा र बिक्री दर १० रुपैयाँ २९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०६ पैसा र बिक्री दर १८ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ०६ पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३२ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८५ पैसा र बिक्री दर ९ रुपैयाँ ९० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। यस्तै भारतीय १०० रुपैयाँको खरिद दर १६० र बिक्री दर १६०.१५ रुपैयाँ रहेको छ।























