काठमाडौं, पुस २६ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ३०० ले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलाको ९० हजार ८०० कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि तोलामा रु ५ ले घटेको छ । आइतबार प्रतितोला १२२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १२२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।























