Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पीएम कपः पुलिसको लगातार दोस्रो जित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २७, २०७८ मा प्रकाशित

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

त्रिवि मैदानमा मंगलबार १३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो । विभागीय प्रतिद्वन्द्धी आर्मीविरुद्धको जितसँगै पुलिसले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । सोमबार मुलपानीमा भएको खेलमा पनि पुलिसले सुदूरपश्चिम प्रदेशलाई दुई रनले हराएको थियो ।

पुलिसको जितमा ओपनर ब्याटर कुशल भुर्तेलले २२ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ३५ रन बनाए । यस्तै, रसिद खानले २८, विकेट किपरसमेत रहेका दिलिप नाथले २५ तथा अनिल शाहले २२ रनको योगदान गर्दा आरिफ शेखले १० रन बनाए ।

बलिङमा आर्मीका साहब अलामले सर्वाधिक तीन विकेट लिए । यस्तै, जितेन्द्र मुखियाले दुई तथा कुशल मल्लले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा एक बल बाँकी रहदा सबै विकेट गुमाएर १३७ रनको योगफल तयार पारेको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले ३६ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ४४ रन जोडे । यस्तै, ओपनर सोमपााल कामी ४२ रन बनाउँदा हरि चौहान १२, कुशल मल्ल तथा सुसन भारीले समान १२ रन बनाए ।

पुलिसको बलिङमा करण केसीले चार ओभरमा १७ रन खर्चिदैं सर्वाधिक चार विकेट लिए । उनी खेलको प्लेयर अफ दि म्याचसमेत भए । गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान दुई विकेट तथा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समना एक विकेट लिए । जितसँगै समूह एबाट पुलिस चार अंकसहित शीर्षस्थानमा छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved