बुटवल । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ – राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्री दर ११८ रुपैयाँ ५६ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३३ रुपैयाँ ७५ पैसा र बिक्री दर १३४ रुपैयाँ ४४ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ५४ पैसा र बिक्री दर १६१ रुपैयाँ ३६ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ४१ पैसा र बिक्री दर १२८ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ७९ पैसा र बिक्री दर ८५ रुपैयाँ २२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ८१ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ २२ पैसा र बिक्री दर १० रुपैयाँ २८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५१ पैसा र बिक्री दर १८ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ४२ पैसा र बिक्री दर ३१ रुपैयाँ ५८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ०४ पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २९ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८९ पैसा र बिक्री दर ९ रुपैयाँ ९४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।























