Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

उत्तर कोरियाद्वारा एक सातामै दुई ओटा हाइपरसोनिक मिसाइल परीक्षण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २८, २०७८ मा प्रकाशित

बीबीसी । उत्तर कोरियाले एक सातामै दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको छ । जनवरी ५ मा यस वर्षको पहिलो हाइपरसोनिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाले मंगलबार नेता किम जोङ उनको उपस्थितिमा अर्को हाइपरसोनिक मिसाइल परीक्षण गरेको हो ।

उत्तर कोरियाको सरकारी सामाचार संस्था केसीएनएले मंगलबार प्रहार गरिएको क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको जनाएको छ । जानकारीमा आएको उत्तर कोरियाको यो तेस्रो हाइपरसोनिक मिसाइल परीक्षण हो । किमले नयाँ वर्षको मन्तव्यमा प्योङयाङको प्रतिरक्षालाई बढाउने वाचा गरेका थिए । त्यसपछि एक साताभित्रै दुईवटा हाइपरसोनिक मिसाइल परीक्षण भएका छन् ।

मंगलबार गरिएको प्रक्षेपण दक्षिण कोरिया र जापान दुवैले पहिचान गरेका थिए । उनीहरूले उत्तर कोरियाबाट समुद्रतर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएका थिए । पछि केसीएनए समाचार संस्थाले यो उच्च गतिशीलता भएको हाइपरसोनिक मिसाइल भएको जनाएको थियो । उत्तर कोरियाले यसअघि जनवरी ५ मा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको जनाएको थियो ।

उत्तर कोरियाको उक्त कदमको अमेरिका, बेलायत, फ्रान्सलगायत देशले निन्दा गर्दै अस्थिर कार्यहरू रोक्न आग्रह गरेका थिए । हाइपरसोनिक अस्त्रहरू प्रायः ब्यालिस्टिक मिसाइलभन्दा कम उचाइ हुँदै निसानातर्फ जान्छन् । तर, त्यसको गति भने ध्वनिको गतिभन्दा पाँच गुणा बढी अर्थात् ६ हजार २०० किलोमिटर प्रतिघण्टा हुन्छ ।

हाइपरसोनिक मिसाइल विकास गर्न सक्ने थोरै देशमा उत्तर कोरिया पर्छ । अमेरिका र चीनले पनि यो क्षेप्यास्त्र विकास गरेका छन् । केसीएनए समाचार संस्थाले सेयर गरेका तस्बिरहरूमा अरू पदाधिकारीसँगै नेता किमले पनि परीक्षणको अवलोकन गरेको देखिन्छ । खबरहरूका अनुसार सन् २०२० को मार्च महिनायता उनले क्षेप्यास्त्र प्रक्षेपण हुँदा उपस्थिति जनाएको पहिलोपटक हो ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.