काठमाडौं, पुस २८ । नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता विपिन कार्की अब बलिउड चलचित्रमा पनि देखिने भएका छन् । चलचित्र ‘एनिमल’ बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् ।
विपिनले यो चलचित्रका लागि आफूलाई निर्माण टिमले अगष्टमा मुम्बई बोलाएको पनि बताएका छन् । विपिनले चलचित्र ‘सेल्फी किङ्ग’ मा गरेको अभिनय हेरेपछि यसको निर्माण पक्षले उनलाई सिधै फोन गरेर चलचित्रको लागि प्रस्ताव राखेको हो । विपिनका अनुसार चलचित्रमा उनले अभिनेता अनिल कपूरसँग धेरै दृश्य शेयर गर्नेछन् । विपिनको यो पहिलो बलिउड फिल्म हो ।
विपिनलाई केही दिनअघि चलचित्र निर्देशक सन्दीप रेड्डिका भाइ प्रणय रेड्डीले फोन गरेर चलचित्रका लागि प्रस्ताव गरेका थिए । सन्दीपसँग विपिनलाई जोड्ने काम भने ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटाले गरेका हुन् । विशालले सन्दीपको निर्देशनमा बनेको चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली भर्सनलाई निर्देशन गर्दैछन् ।























