काठमाडौं, पुस २९ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्री दर ११८ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।
युरो एकको खरिद दर १३४ रुपैयाँ ०९ पैसा र बिक्री दर १३४ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ८ पैसा र बिक्री दर १६१ रुपैयाँ ६२ पैसा छ । यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ७९ पैसा र बिक्री दर १२८ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०८ पैसा र बिक्री दर ८५ रुपैयाँ ५२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ४९ पैसा छ । जापानी येन १० को खरिद दर १० रुपैयाँ २३ पैसा र बिक्री दर १० रुपैयाँ २८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५३ पैसा र बिक्री दर १८ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ४३ पैसा र बिक्री दर ३१ रुपैयाँ ५९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ०४ पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३२ पैसा रहेको छ ।
यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९१ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।























