Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बेलहिया नाकाबाट हुने आयात ६० प्रतिशत घट्यो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २९, २०७८ मा प्रकाशित

भैरहवा, पुस २९ गते । रुपन्देहीको बेलहिया नाकाबाट हुने आयातमा करिब ६० प्रतिशत गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कले ल्याएको नयाँ प्रावधानका कारण आयात घटेको सम्बद्ध निकाय र व्यक्तिले बताएका छन् ।

राष्ट्र बैङ्कले अब प्रतीतपत्र (एलसी) खोल्दा आयातकर्ताले विलासिताका वस्तुमा शतप्रतिशतसम्मा मार्जिन राख्नुपर्ने व्यवस्था गर्दै पुस ५ गते निर्देशन जारी गरेको थियो । आयात उच्च भएका कारण तरलता अभाव हुँदै शोधनान्तर घाटा बढेको र विदेशी विनियम सञ्चितिसम्म घटेका कारण अहिले केही वस्तुको आयात निरुत्साहित गर्ने नीति लिएको राष्ट्र बैङ्कले जनाएको थियो ।

राष्ट्र बैङ्कले विलासिताका वस्तु आयातमा अनिवार्य एलसी खोलेर शतप्रतिशत र केहीमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्दै परिपत्र गरेको थियो । यही कारण विलासिताका वस्तुको आयातमा गिरावट आएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले जानकारी दिनुभयो ।

“राष्ट्र बैङ्कको परिपत्र आउनुअघिसम्म भैरहवा भन्सारमा दैनिक छ÷सात सय मालवाहक गाडी जाँचपास हुन्थे तर पुस पहिलो सातादेखि यो सङ्ख्या घटेर २५० हाराहारीमा झरेको छ,” उहाँले भन्नुभयो । भैरहवा भन्सार कार्यालयले पुस महिनाका लागि दैनिक ३० करोड ४२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो तर अहिले दैनिक छ करोड रुपियाँको हाराहारीमा मात्र राजस्व सङ्कलन गरिरहेको छ ।

सूचना अधिकृत पासवानले राष्ट्र बैङ्कले नयाँ प्रावधान ल्याउनुअघि भन्सार कार्यालयले दैनिक ८० करोड रुपियाँसम्म राजस्व सङ्कलन गरेकोे तथ्याङ्क रहेको बताउनुभयो ।

मुख्यतः मसला, चकलेट, पेयपदार्थ, सुर्तीजन्य वस्तु, कस्मेटिक सामान, काठ र फर्निचर, जुत्ता चप्पल, टोपी, हेलमेट, टायल, मार्बल, ग्रेनाइट, सिसाका सामान, आर्टिफिसियल ज्वेलरी, तासलगायतका वस्तुमा शतप्रतिशत र हलुका सवारीसाधन कार, जिप, भ्यान, मोटरसाइकल, स्कुटर आयातका लागि एलसी खोल्दा नै ५० प्रतिशत बैङ्कमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

व्यापारीले भारतबाट सामान ल्याएर बेच्ने र केही समयपछि पैसा पठाउने गरेकामा राष्ट्र बैङ्कको यो व्यवस्थाअनुसार अग्रिम पैसा फसाउँदा पुँजी ‘ब्लक’ हुने उद्योगी व्यवसायीको भनाइ छ । राष्ट्रिय उद्योग व्यापार सङ्घ रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले नयाँ व्यवस्थाले साना व्यवसायी झनै मर्कामा परेको बताउनुभयो ।

यसअघि उद्योगी व्यवसायीले बैङ्क ग्यारेन्टीमा एलसी खोलेर, टीटी अग्रिम झुक्तानी र उधारोमा सामान आयात गर्दै आएका थिए । हालको व्यवस्थाले अनिवार्य शतप्रतिशत रकम पहिल्यै बैङ्क दाखिला गर्नुपर्ने भएकाले उधारो र एलसीमार्फत काम गर्ने करोबारबाट पछि हटेका हुन् ।

ताजा समाचारहरु

IMG_0278

जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम स...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.