Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

‘ए’ डिभिजन लिग : दर्शकलाई खोप कार्ड अनिवार्य

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २९, २०७८ मा प्रकाशित

काठमाडौँ, पुस २९ । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवौँ राउन्डको खेल शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । कोरोना भाइरसको बढ्दो संक्रमणसँगै लिगमा उपस्थित दर्शकलाई पनि स्वास्थ्य सावधानीका लागि बलियो मापदण्ड तय गरिने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । लिगका निर्देशक सन्जीव मिश्रले लिगमा उपस्थित दर्शकलाई अब अनिवार्य कोरोना भाइरसविरुद्ध खोप लगाएको कार्ड देखाउनु पर्ने प्रावधान राखिएको बताउनुभयो ।

‘दर्शकले अब टिकट लिँदा अनिवार्य खोप लगाएको कार्ड देखाउनुपर्नेछ । कार्डको फोटो खिचेर ल्याए पनि हुन्छ । सरकारको मापदण्ड अनुसार रंगशालाको प्यारापिटमा समेत भौतिक दूरी कायम गरिनेछ ।’ ‘प्यारापिटमा दर्शकलाई एक सिट खाली राखेर अर्को सिटमा बस्ने व्यवस्था मिलाइनेछ । खाली सिटमा स्टिकर टाँसिनेछ । खेलाडी र अफिसियललाई पनि मास्क, स्यानिटाइजर लगायत सम्पूर्ण जोखिम न्यूनीकरणका मापदण्ड पूरा गरेर सहभागि गराइनेछ,’ मिश्रले भन्नुभयो ।

मिश्रका अनुसार लिगमा सहभागी टोलीका खेलाडीलाई कोरोना संक्रमण भएमा क्लबसँगको समन्वयमा खेलाडीको उपचार लगायत सबै व्यवस्था एन्फाले गर्नेछ । लिगमा अहिले औसत दुई हजारदेखि १० हजारसम्म दर्शक आइरहेका छन् । लिगको शीर्ष टोली मच्छिन्द्र र मनाङ मस्र्याङ्दी क्लब बीचको खेलमा सर्वाधिक १० हजार दर्शक रंगशालामा उपस्थित थिए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को मंगलबार बसेको बैठकले रंगशाला प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ ।

लिगमा आठौँ चरण सकिँदा साविक विजेता मच्छिन्द्र २० अंक सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको मनाङको १९ अंक छ । तेस्रो र चौथो स्थानमा रहेको संकटा र आर्मीको समान १४ अंक छ । पाँच अंक बनाएको च्यासल र तीन अंक बनाएको फ्रेन्ड्सले रेलिगेसन रेखा छल्न सकेको छैन । फ्रेन्ड्स जारी लिगका एउटा पनि खेल्न जित्न नसक्ने एक्लो टोली हो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved