Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश २ विरुद्ध लुम्बिनीको जित, आर्मी र प्रदेश १ ले अंक बाँडे

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २९, २०७८ मा प्रकाशित

बुटवल । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेटअन्तर्गत मूलपानी मैदानमा बिहीबार बिहानको खेल हुन नसकेपछि समूह ए का त्रिभुवन आर्मी क्लब र प्रदेश १ ले अंक बाँडेका छन्।

बुधबार राति र बिहीबार बिहान वर्षाका कारण मैदानको पिच हिलो भएपछि आर्मी र प्रदेश १ को खेल हुन सकेन। यससँगै आर्मी प्रदेश १ सँग अंक बाँड्न बाध्य भएको हो।

यससँगै समूह ए मा आर्मीको तीन अंक छ भने प्रदेश १ ले एक अंकका साथ खाता खोलेको छ । त्यस्तै, कीर्तिपुर मैदानमा भएको समूह बी अन्तर्गतको खेलमा लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ विरुद्ध ४२ रनको जित निकालेको छ। टस जितरेर पहिले ब्याटिङ गर्दै लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६१ रन बनाएको थियो।

जवाफमा पूरा ओभर खेलेको प्रदेश २ एक विकेट बचाएर ११९ रनमा समेटियो। खेलमा लुम्बिनीका देव खनालले ५४ रन जोडे भने बसिर अहमद र सन्दीप रजालीले समान ३०–३० रन बनाए। प्रदेश दुईका रुपेश सिंह र विवेश यादवले समान २–२ विकेट गिराउँदा हरिशंकर शाह, महबुब आलम र विशाल सुस्लिङले समान १–१ विकेट लिए । ब्याटिङमा प्रदेश २ का विवेश यादवले सबैभन्दा धेरै ३६ रन बनाए। प्रदेश २ विरुद्ध लुम्बिनीका अनिल खरेलले पाँच विकेट गिराए।

खरेल खेलको म्यान अफ दि म्याचसमेत बने। खेलमा कृष्ण कार्की, सिद्धान्त साही र बसिर अहमदले समान १–१ विकेट गिराए । आजको खेलसँगै समूह बीमा लुम्बिनीले दुई अंक जोडेको छ भने प्रदेश २ को पनि दुई अंक छ। लुम्बिनी र प्रदेश २ तेस्रो र चौथो स्थानमा छन्।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved