काठमाडौं, माघ ४ । भारतमा कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घन्टामा ३८५ जनाको मृत्यु भएको छ । ओमिक्रोन भेरियन्ट फैलिएसँगै भारतमा कोभिड महामारी दिनहुँ बढिरहेको छ ।
त्यस्तै, पछिल्लो २४ घन्टामा २ लाख ५८ हजार जना संक्रमित थपिएका छन् । पछिल्लो समय कोभिडबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन् । मुम्बईमा एकै दिन ३५ सुरक्षाकर्मीमा कोभिड संक्रमण देखिएको छ ।
कोभिडबाट विभिन्न राज्य प्रभावित छन् । महाराष्ट्र, केरला र नयाँ दिल्लीमा संक्रमण तीव्र दरमा फैलिएको छ ।























