काठमाडौ, माघ ४ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि आएको छ । आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन यता एक दुई सयले घटबढ भइरहेको सुनको मूल्य आज फेरि एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै बढेर ९२ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज स्थिर रही अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।























