Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रधानमन्त्री कप : पवनको अर्धशतक र दीपेन्द्रको ५ विकेटसँगै पुलिस फाइनलमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ४, २०७८ मा प्रकाशित

काठमाडौं, माघ ४ । पवन सर्राफको अर्धशतक र दीपेन्द्र सिंह ऐरीको पाँच विकेटसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गरेर पुलिस उपाधि नजिक पुगेको हो । पुलिसले अब उपाधिका लागी त्रिभुवन आर्मी र एपीएफबीचको खेलको विजेतासँग खेल्नेछ । पवन सर्राफले सुझबुझपूर्ण ब्याटिङ गर्दै ५९ रन बनाएपछि पुलिसले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १५५ रन बनाएको थियो । नियमित ओपनर कुशल भुर्तेल सेमिफाइनलमा खेलेनन् । उनको स्थानमा शंकर रानाले खेलेका थिए ।

तर शंकर राना ८ र दीपेन्द्र सिंह ऐरी खाता नखोली चौथो ओभरमा आउट भएपछि पुलिसलाई झड्का लागेको थियो । दुवै विकेट बागमतीका रिजन ढकालले लिएका थिए । तर तेस्रो विकेटका लागि पवनले अनिल शाहसँग ७८ रनको साझेदारी गर्दै पुलिसको इनिङ्स उकासे । १६औं ओभरमा नन्दन यादवले यो साझेदारी तोड्दै दुवैलाई आउट गर्दै बागमतीलाई खेलमा फर्काएका थिए ।

५४ बल खेलेका पवनले तीन चौका र तीन छक्का प्रहार गर्दै ५९ रन जोडे भने अनिलले २४ बलमा २५ रन बनाए । आरिफ शेखले ९ बलमा १२ रन जोडे । त्यसपछि विकेटकिपर दिलीप नाथले केमियो रोल खेल्दै १६ बलमा अविजित ३१ रन जोडे । उनले दुई चौका र दुई छक्का प्रहार गरे । रासिद खान पाँच रनमा अविजित रहे । बागमतीका लागि रिजन र नन्दनले दुई/दुई तथा प्रतिश जिसीले एक विकेट लिए ।

त्यसपछि बलिङमा दीपेन्द्र सिंह ऐरीले पाँच विकेट लिएपछि १५६ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो । दीपेन्द्रले चार ओभरमा १० रन मात्र खर्चेर पाँच विकेट लिंदै बागमतीको ब्याटिङ क्रम ध्वस्त बनाएका थिए । यस्तै सागर ढकालले ४ ओभरमा १४ रन खर्चेर दुई विकेट लिए । आरिफ शेखले एक विकेट लिए ।

बागमतीका इशान पाण्डे तेस्रो ओभरमा एक रनको व्यक्तिगत स्कोरमा आउट भए पनि कप्तान ज्ञानेन्द्र मल्ल र आदिल खानले दोस्रो विकेटका लागि ४३ रनको साझेदारी गर्दै खेलमा फर्केका थिए । तर नवौं ओभरको पहिलो बलमै दीपेन्द्रले ज्ञानेन्द्रलाई अनिल शाहबाट क्याचआउट गराएपछि बागमतीको विकेट झर्ने क्रम सुरु भयो ।

दीपेन्द्रले त्यसपछि विपिन आचार्य, आदिल खान, नन्दन यादव र प्रतिशत जिसीलाई आउट गरे । बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रन जोडे । ज्ञानेन्द्रले १६ बलमा २३ रन जोडे । ६९ रनमा ८ विकेट गुमाएको बागमतीका लागि लोडर अर्डरमा रिजन ढकाल र रामनरेश गिरीले अविजित ३६ रनको साझेदारी गरे । रामनरेश २२ र रिजन १५ रनमा अविजित रहे ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved