काठमाडौं, माघ ५ । नेपाल सशस्त्र प्रहरीले प्रधानमन्त्री कप टि–२० प्रतियोगिताको उपाधि हात पारेको छ ।
आज भएको प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लवलाई २१ रनले पराजित गर्दै सशस्त्रले जित हासिल गरेको हो ।

पुलिसका दिपेन्द्र सिंह ऐरीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे पनि त्यो टिमलाई जित दिलाउन पर्याप्त रहेन ।
















