बिनोद मण्डल/ रामजी प्रजापती
सिराहा, माघ ५ । मनोरञ्जन संगीत अनि गायनको उच्चतम प्रस्तुतिले आम मानिसको पीडा कम गर्नमा सघाउ पुग्नेमा आम मानिस विश्वस्त हुनु नौलो कुरा होइन । जीवनको अभिन्न अङ्गको रुपमा संगीतलाई लिइन्छ । पौराणिक कालदेखि संगीतले आफ्नै महत्व बोकेको पाइन्छ ।
राष्ट्रिय पहिचानको सवाल उठीरहेको अवस्थामा नेपालमा जातीय शर्ट मुभीहरु नबनेका होइनन् । आदिवासी/जनजातिको क्षेत्रमा अपार सफलताका फिल्मी गीतहरू नबनेका होइनन् । थारु भाषालाई जगेर्ना गर्नको लागि थारु गीत संगीतले यतिबेला अपार सफलता पाइरहेको छ । नेपालको पूर्वी थारु समुदाय या पश्चिमी थारु समुदाय होस् सबै कला क्षेत्रमा अन्तर्निहित प्रतिभा रहेको सर्वविदित रहेको पाइन्छ ।
सनसन गीतको अपार सफलतापछि पुन बजारमा थारु भाषाको नैनासे नैना मिल्के आएको छ । भुपेन चौधरी र अनु चौधरीको भुमिका रहेको उक्त भिडियोमा भोजपुरी कलाकार रामजी प्रजापतिको विशेष सहयोग रहेको कन्टेन्ट नेपालले जनाएको छ ।























