काठमाडौं, माघ ९ । आइतबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३०० रुपैयाँले घटेर ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ३०० रुपैयाँले नै घट्दै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा १० रुपैयाँले घट्दै आज एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।























