Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कर्णाली प्रतिष्ठानका ३० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखियो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ९, २०७८ मा प्रकाशित

जुम्ला, माघ ९ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

प्रतिष्ठानले तेस्रो लहरको तयारीका क्रममा लक्ष्ण देखिएका व्यक्तिलाई कोरोना परीक्षण गर्ने अवस्थामा ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको हो ।

प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाकाअनुसार तेस्रो लहरमा ५२ जना व्यक्तिहरुलाई कोरोना संक्रमण भएको छ । जसमध्ये ३० जना कर्णाली प्रतिष्ठानका कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र पदाधिकारीलाई कोरोना संक्रमण भएको छ ।

मेडिकल रेकर्डर बुढाकाअनुसार लक्ष्ण देखिएका स्वास्थ्यकर्मीलाई परीक्षण गराउने तर अन्यलाई नगराउने गरिएको छ । सवैलाई परीक्षण गराउने हो भने अस्पताल प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाइएको हो । प्रतिष्ठानले पछिल्लो समय पीसीआरबाट १५ जना र एन्टिजनबाट ३७ जनाको परीक्षण गरिएको थियो । शुक्रवार १७ जनाको पीसीआर गरेकोमा १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिष्ठानमा तेस्रो लहर शुरु हुँदा १०७ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा एन्टिजनबाट ९० जना र पीसीआरबाट १७ जनामा परीक्षण गरिएको छ । यसैगरी कर्णाली प्रतिष्ठानको आईसियूमा चार जना व्यक्ति अहिले उपचार गराइरहनुभएको छ । एक जना स्वास्थ्यकर्मी आईसियुबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले धेरै व्यक्तिको अवस्था सामान्य भएको र स्वास्थ्यकर्मीलाई नै पोेजेटिभ देखिएकाले अव थप योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । सेवा प्रभावित हुन नदिनेतर्फ अस्पतालले तयारी गरेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी लाई कोरोना संक्रमण देखिएपछि समुदायमा त्रास बढेको छ ।

ताजा समाचारहरु

IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0085

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.