कैलाली, माघ ९ । कैलालीमा कोरोनाभाइरस विरुद्धको खोप लगाएको आधा घण्टा नबित्दै एक जना पुरुषको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय लक्ष्मण डगौराको खोप लगाएको केहि मिनेटमै मृत्यु भएको हो । उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारणबारे भने खुलाइएको छैन ।
उनले आइतबार कैलाली गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएका थिए ।























