काठमाडौं, माघ ९ । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय देशभरबाट संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन पुष्टि भएको हो ।
बाँकी ४ वटा नमुनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।























